site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति सीले स्वदेशी खोप लगाएको खबरलाई किन महत्व दिँदैछ चीन ?

बेइजिङ । राष्टपति सी जिनपिङ र अन्य वरिष्ठ राजनीतिज्ञहरूले स्वेदेशमै उत्पादित कोभिड १९ विरुद्धको खोप लगाएको चीनले जनाएको छ । 

खोपको दर र त्यसमा पनि विशेषगरी बुस्टर डोजप्रति आकर्षण बढ्ने अभियान चलाउने क्रममा सी लगायत अन्य वरिष्ठ नेताहरूले चिनियाँ खोप नै लिएको खबरलाई प्राथमिकताका साथ सार्वजनिक गरिएको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपाध्यक्ष जेंग यिसिनले यसबाट चिनियाँ नेतृत्वले चिनियाँ खोपहरूमाथिको विश्वास प्रकट गरेको देखिएको बताएका छन् । यसरी स्वास्थ्य सम्बन्धी यस्तो संवेदनशील सूचना बिरलै मात्र यसरी सार्वजनिक गर्ने गरिन्थ्यो । 

जेंग भन्छन्, “मुलुकका नेताहरूले कोभिड १९ विरुद्धको सम्पूर्ण खोप स्वदेशमै बनेको प्रयोग गरेका हुन् । त्यसले महामारी रोकथाम र त्यसका लागि भइरहेका काममा उनीहरूले दिएको महत्व र स्वदेशमा निर्मित खोपमाथिको विश्वास झल्काउँछ ।”

चीनका सरकारी अधिकारीहरू खोप दर बढाउने कार्यमा लागिपरेका छन् । मुलुकलाई पूर्ण रूपमा पुनः खुला गर्न अझै पनि खोप लिनेको संख्या कम मानिएको छ । 

चीनले अझै सम्म ‘शून्य कोभिड” नीति अपनाउँदै, आम स्वास्थ्य परीक्षण, कडा एकान्तवास नियमहरू र स्थानीय लकडाउन कार्यान्वयन गर्दै आएको छ ।

यद्यपि विश्वका अन्य मुलुकका तुलनामा चीनको कोरोना संक्रमणका कारण मर्नेका संख्या निकै कम रहेको छ । राष्ट्रपति सीले ‘शून्य कोभिड नीति’को कुनै विकल्प नरहेको बताउँदै आएका छन् । 

जोन हप्किन्स युनिभर्सिटीका अनुसार महामारी सुरु भएयता चीनमा २१ लाख ६७ हजार ६१९ जना संक्रमित भएका छन् । तीमध्ये १४ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । बेलायतमा भने २ करोड ३० लाख ८८ हजार ७४ जना संक्रमित भएकोमा १ लाख ८१ हजार ३९८ जनाको मृत्य भइसकेको छ ।   

बीबीसीबाट । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro