site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रात्रिकालीन पार्किङ मोफसलमा हुँदा ‘हवाई ट्राफिक’ घटयो !
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । आन्तरिक उडान गर्ने जहाजहरूका लागि काठमाडौं बाहिरका विमास्थलहरूमा रात्रिकालीन पार्किङको व्यवस्था गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई ट्राफिक जाम कम हुन थालेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रत्येक दिनको पहिलो उडान काठमाडौंबाहिरका विमानस्थलबाट गर्नुपर्ने व्यवस्था गरेसँगै त्रिभुवन विमानस्थलमा हुने हवाई ट्राफिक जामका साथै विमान उडान तथा अवतरणमा ‘डिले’ हुने समस्या केही हदसम्म समाधान भएको छ । 

यसले गर्दा विमान पार्किङबाट झिक्न समय लाग्ने र यात्रुले लामो समय पर्खनुपर्ने बाध्यता पनि केही कम भएको बताइएको छ ।

यो व्यवस्थाले गर्दा मोफसलबाट हुने उडान पनि व्यवस्थित हुँदै आएको त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुँडालले बताए । 

KFC Island Ad
NIC Asia

उनका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा क्षमता अनुसार नै जहाजहरू पार्किङ हुँदै आएका छन् ।
 
क्यानले असार १४ गतेबाट काठमाडौं बाहिर जहाज पार्किङ गर्न निर्देशन दिएपछि अहिले १४ वटा जहाजहरूले मोफसलमा पार्किङ गर्दै आएका छन् । 

त्यो भन्दा पहिला सबै जहाजहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिन्थ्यो । 

Royal Enfield Island Ad

चुँडालका अनुसार त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा १७ देखि २४ वटा जहाज पार्किङ गर्न मिल्छ । तर, ५० भन्दा बढी जहाज पार्किङ हुँदा समस्या निकै बढेको थियो ।

अहिले काठमाडौं बाहिर जहाज पार्किङका लागि जान थालेसँगै विमान स्थल र एयर सञ्चालकहरूलाई समेत सहज भएको चुँडाल बताउछन् । 

‘‘एकै ठाउँमा जबर्जस्ती पार्किङ गर्दा ठोक्किने, ट्राफिक जाम, जहाज डिले हुनुका साथै आकाशमा नै जहाज होल्डिङ गर्नुपर्ने बाध्यता थियो । त्यसले जहाज निकाल्दा पनि समस्या हुन्थ्यो । तर, अहिले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ हुन थालेसँगै यो समस्याबाट हामी सबै मुक्त भएका छौं,’’ उनले भने ।

‘‘हामीसँग प्रहरी, सेक्युरिटी २४ घण्टा हुन्छ । इन्टरनेट जडान छ, जसले गर्दा सुरक्षाको हिसाबले बाहिर पनि कुनै पनि समस्या छैन,’’ चुँडालले भने ।

प्राधिकरणले विभिन्न कम्पनीका ५२ वटा जहाजमध्ये १७ वटा जहाज काठमाडौंमा पार्किङ गर्न दिने र अन्य ३५ वटा जहाज काठमाडौं बाहिर पार्किङको लागि जान निर्देशन दिएको थियो ।

तयारी र आवश्यक समन्वय नगरी पार्किङको लागि बाहिर जान निर्देशन दिएको भन्दै वायु सेवा सञ्चालक संघले सुरुमा विरोध गरेको थियो । 

सुरक्षाको हिसावले सुरुमा काठमाडौं जतिको सुरक्षित महसुस नगरे पनि सुरक्षा चुनौती नभएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले बताए । उनले भने, “हामीले काठमाडौंमा जति सुरक्षित महसुस गर्छौँ, त्योभन्दा कम सुरक्षित हामीले महसुस गरेका हौं । तर तुलनात्मक रूपमा त्यस्तो छैन । किनभने एयरपोर्टमा इन्टरनेट कभर छ । नेपाल प्रहरीले हेर्ने हो, हाम्रो आफ्नो युनिट पनि हुन्छ । त्यस कारण चुनौती छैन ।”

लागतको हिसाबले भने अलि धेरै पर्ने कंडेलको धारणा छ । “पार्किङ शूल्क भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा कम रहेको छ । रात्रिकालीन पार्किङ गर्न मोफसलमा जानुपर्ने व्यवस्था लागु हुनुभन्दा पहिले वायु सेवा सञ्चालकहरूले सामान्य मार्केटिङ अफिस, लोडिङ–अपलोडिङ स्टाफ राखे पुग्थ्यो । अब भने काठमाडौंमा मात्र नभएर मोफसलमा पनि अफिस सेट गर्नुपर्ने बाध्यता छ,” उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्दा चालक दलका सदस्य र इन्जिनियरहरू आ–आफ्ना घरमा बस्थे भने बाहिर बस्दा उनीहरूको खर्च पनि कम्पनीहरूले व्यस्थापन गर्नु पर्ने भएको छ । यसले खर्च बढेको छ ।”

बाहिर पार्किङ हुँदा चालक दलका सदस्य र इन्जिनियरहरुको खर्च एयरलाइन्स कम्पनीले व्यहोर्नु पर्ने उनको भनाइ छ ।

प्राधिकरणको निर्देशनअनुसार अहिले काठमाडौंमा १७ वटा जहाज पार्किङ हुँदै आएका छन् । ३५ वटा जहाज भने काठमाडौं बाहिर पार्किङका लागि जाने गरेका छन् ।

चुँडालका अनुसार गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ४ वटा, भरतपुरमा २, जनकपुरमा १, भद्रपुरमा ३, विराटनगरमा ५, नेपालगञ्जमा ९, धनगढीमा २, सिमरामा १, पोखरामा २ र रामेछापमा ५ वटा पार्किङ हुँदै आएका छन् ।

हेलिकोप्टरको हकमा भने विभिन्न ११ वटा कम्पनीका अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा र मोफसलमा १४ वटा रात्रिकालीन पार्किङ भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro