site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसभित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संगठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् ।

कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले  आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो । आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ । यसमा समीक्षा हुन जरुरी छ । यसमा आत्मनिरीक्षण हुन जरुरी छ,” उनले भने, “यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन । ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ।”

नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्ने बताए । “अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ । पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ,” उनले भने ।

Royal Enfield Island Ad

पैसावालाहरूको बोलाबाला बढ्दै जाने र निष्ठावान् कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने नेता पौडेलको भनाइ थियो । “यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरा बढ्दै जान्छ,” उनले भने ।

गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै उनले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गरेर लोकप्रिय काम नगर्ने हो भने सरकारमा बसिरहनुको पनि अर्थ नहुने बताए । उनले गठबन्धन नगरी चुनावमा बहुमत ल्याउने हो भने लोकप्रिय काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, क्षेत्र नम्बर–१ का सभापति श्यामकुमार मौराती, २ का सभापति चूडामणि खनाललगायत नेताले कांग्रेसभित्रका कमी–कमजोरी सुधारेर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro