site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्जमा वृद्धलाई ठक्कर दिएर फरार सुमो चालक समातिए

वीरगन्ज । पर्सामा वृद्धलाई ठक्कर दिई फरार भएका सुमो चालकलाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७, विश्रामपुर निवासी २१ वर्षीय अलाउदिन अन्सारी पक्राउ परेका हुन् ।

गएको बिहीबार अन्सारीले चलाएको ना१ज १९२१ नम्बरको टाटासुमोले वीरगन्ज महानगरपालिका–२४, बहुअरीमा स्थानीय ७० वर्षीय वृद्ध शिवदयाल राउत अहिरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका अहिरलाई उद्धार नगरी अन्सारी सुमोसहित फरार भएका थिए ।

घाइते वृद्धको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । वृद्धको मृत्युपछि चालकलाई पक्राउ गर्न माग गर्दै स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

चालक अन्सारीलाई वीरगन्ज–१९, विन्ध्यवासिनी चोकबाट गाडीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । उनीविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro