site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनी खाद्यान्न निर्यात गर्न युद्धरत रुस र युक्रेनबीच ‘ऐतिहासिक’ सम्झौता

काठमाडौं । युद्धरत रुस र युक्रेनले ब्ल्याक सीबाट युक्रेनी खाद्यान्न निर्यात गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । 

टर्कीको राजधानी इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा रुसी रक्षामन्त्री सर्गेइ सोइगु र युक्रेनी पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सँगै बस्न अस्वीकार गरेका उनीहरूले सम्झाैतापत्रमा पालैपालो हस्ताक्षर गरेका थिए । पहिले रुसी रक्षामन्त्री र त्यसपछि युक्रेनी पूर्वाधारमन्त्रीले हस्ताक्षर गरे । 

युक्रेनी खाद्यान्न अभावका कारण दशौँ लाख मानिसहरू भोकमरीको जोखिममा छन् । यस सम्झौताले युद्धका कारण युक्रेनमा थन्किएका लाखौँ टन अन्न निर्यात गर्न अनुमति दिनेछ । यसले युक्रेनमाथि रुसी आक्रमणका कारण विश्वमा देखिएको खाद्यान्न संकट समाधान गर्न सक्ने अपेक्षा गरिएको छ ।

रुसी रक्षामन्त्री सोइगुले सम्भौताले आगामी दिनहरूमा यस प्रक्रिया सुरु गर्न समाधानका उपायहरू प्रदान गर्न सक्ने बताएका छन् । आफूले युक्रेनी बन्दरगाहबाट कृषि उत्पादनहरूको निर्यात मात्र नभइ रुसी बन्दरगाहबाट पनि कृषि उत्पादन र मल निर्यातको कुरा गरेको उनको भनाइ छ । 

सम्झाैतामा के छ ?

रुसले समुद्री मार्गमा खाद्यान्न ढुवानी गर्ने मालवाहक जहाजमाथि आक्रमण नगर्ने बताएको छ । खाद्यान्न निर्यात गर्ने बन्दरगाहमा पनि हमला नगर्ने उसको भनाइ छ । 

यस्तै, सम्झौतामा युक्रेन पनि केही सर्तहरू मान्न तयार भएको छ । युक्रेनले खाद्यान्न आपूर्ति गर्ने जहाजलाई चेकजाँच गर्न अनुमति दिनुपर्नेछ । खाद्यान्न ढुवानी गर्ने जहाजहरूले हातहतियार आपूर्ति गरे/नगरेकाे जाँच गरिनेछ । 

यस सम्झाैताकाे बारेमा संयुक्त राष्ट्रसंघकाे सहयाेगमा टर्कीले निगरानी गर्नेछ । हतियार तस्करी हुन सक्ने रुसी भय हटाउन टर्कीले जहाजहरूकाे निरीक्षण गर्नेछ । 

यस्तै, ब्ल्याक सी हुँदै रुसी खाद्यान्न र मल निर्यात गर्न पनि सहजीकरण गरिनेछ । 

संयुक्त राष्ट्रसंघ र टर्कीकाे मध्यस्थता

यस सम्झौताको लागि संयुक्त राष्ट्रसंघ र टर्कीले मध्यस्थता गरेको थिए । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्य राष्ट्र टर्कीको रुस र युक्रेन दुवै देशसँग राम्रो सम्बन्ध छ । यस सम्झौताका लागि उनीहरूले दुई महिनादेखि पहल गरेका थिए ।

सो समारोहमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेर र टर्कीका राष्ट्रपति रिसेप तायप एर्दोआनको उपस्थित थिए । 

संयुक्त राष्ट्रसंघले यस सम्झौतालाई ‘ऐतिहासिक’ भनेको छ । राष्ट्रसंघका महासचिव गुटरेसले यस सम्झौता लागू गर्न सबै पक्षलाई आग्रह गरेका छन् । 

टर्कीका राष्ट्रपति रिसेप तायप एर्दोआनले यस सम्झौतामा भूमिका निभाएर आफ्नो देशले गर्व महसुस गरेको बताएका छन् । 

उनले यस सम्झौताले विश्वको खाद्यान्न संकट समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन् । 

सम्झाैताकाे समयावधि

यो सम्झौता १२० दिन अर्थात् चार महिनाको लागि गरिएको छ । दुवै पक्ष सहमत भए सम्झौता नवीकरण गर्न सकिनेछ । 

टर्कीकाे राजधानी इस्तानबुलमा संयुक्त राष्ट्रसंघ, टर्की, रुस र युक्रेनी अधिकारीहरू रहने गरी समन्वय र अनुगमन केन्द्र स्थापना गरिनेछ । 

बीबीसीलगायत एजेन्सीकाे सहयाेगमा ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro