देश
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनबाट देशको नेतृत्व माआवादी केन्द्रले गर्ने दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।
"कहीँ न कहीँ एउटा निकै ठुलो डिजाइनअन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्टा गरियो । माओवादीको आन्दोलनलाई कतै म कमी आउन दिनेछैन । पार्टी प्रवेश कार्यक्रमले सिंगो देश र मधेसमा बलियो सन्देश प्रवाहित भएको छ," उनले भने ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९ २२:१७
प्रतिक्रिया दिनुहोस्