site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्विटरलाई मस्कले २७ करोड डलर घाटा लगाए !

न्युयोर्क सिटी । सन् २०२२ को अप्रिल र जुनबीच विश्वका सर्वाधिक धनी अर्बपति एलोन मस्कले ट्विटर कम्पनी किन्ने प्रस्ताव अघि सारेपछि ट्विटरले ३ करोड ३० लाख अमेरिकी डलर खर्च गरेको छ । 

साथै यस कम्पनी आफ्नो मासिक दैनिक प्रयोगकर्ताको सङ्ख्या बढेर २३ करोड ७० लाख पुगेको तर कुल २७ करोड डलर नोक्सान भएको जनाएको छ । 

मस्कले ट्विटर किन्ने विचार फेरेका छन् । तर, ट्विटरले उनलाई आफ्नो पूर्व सर्त मान्न बाध्य गराउन उनलाई आगामी अक्टोबरमा अदालतमा उपस्थित गराउने भएको छ । 

सर्त पूरा नगरे सम्भवतः मस्कले एक अर्ब डलर तिर्नुपर्ने हुन्छ । ट्विटरले पछिल्लो आर्थिक परिणामबारे छलफल गर्न अस्वीकार गरेको छ । सार्वजनिक भएको आर्थिक प्रतिवेदन २०२२ को अप्रिलदेखि जुनसम्मको मात्रै हो । 

मस्कले ट्विटरले आफूलाई यसको स्पाम र नक्कली प्रयोगकर्ताको सही तथ्यांक नदिएको भन्दै खरिद कार्यबाट पछि हट्ने बताएकाले ट्विटरले आफ्नो प्लेटफर्ममा स्पाम र नक्कली खातावालाको सङ्ख्या दोब्बर घटाएको छ । 

सन् २०२१ मा ट्विटरको राजस्व ५ अर्ब डलर रहेको थियो । तर, विगत १२ महिनामा यसको सेयरको मूल्यमा ४५ प्रतिशतले गिरावट आएको छ । 

यसैगरी ट्विटरले विज्ञापन राजस्व केवल २ प्रतिशतले वृद्धि भएर १ अर्ब ८ करोड डलर मात्र संकलन भएको जनाएको छ । मेटा र गुगलका माउ कम्पनी अल्फाविटाले आगामी साता आफ्नो कमाइ सार्वजनिक गर्दै छन् ।

बीबीसीबाट । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro