site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनी खाद्यान्न निर्यात गर्न रुस सहमत !

इस्तानबुल । टर्कीले युक्रेनलाई पुनः ब्ल्याक सी हुँदै खाद्यान्न निर्यात गर्ने अनुमति दिने विषयमा रुससँग सहमति भएको जनाएको छ । 

शुक्रबार इस्तानबुलमा सो सम्झौतामा युक्रेन, रुस, टर्की र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्वमा युक्रेनी अन्नको अभाव खट्किन थालेको छ । यसबाट लाखौँ मानिस भोकमरीको खतरामा परेका छन् । युक्रेन युद्धका कारण अहिले विश्व बजारमा खाद्यान्नको मूल्य अत्यधिक वृद्धि भइरहेको छ । 

यस्तो परिस्थितिमा युक्रेनी बन्दरगाहहरू खोल्ने सम्झौता निकै महत्वपूर्ण रहेको छ । युक्रेनमा अहिले करिब दुई करोड टन अन्न त्यसै थन्किएको छ । 

युक्रेनको विदेश मन्त्रालयले पनि शुक्रबार संयुक्त राष्ट्र संघको नेतृत्वमा अन्न निर्यात खुला गर्ने विषयमा टर्कीमा वार्ता हुन लागेको र एउटा दस्तावेजमा हस्ताक्षर हुनसक्ने पुष्टि गरेको छ । 

बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभले युक्रेनका बन्दरगाहहरू खुल्ने समाचार पर्खिरहेको बताएका थिए ।  

बीबीसीबाट । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro