site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकामा सरकार विरोधी शिविरमा छापा, बीबीसीका पत्रकारमाथि कुटपिट

कोलम्बो । श्रीलंकाको सुरक्षा फौजले सरकार विरोधी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ ।  

शुक्रबार बिहान राजधानी कोलम्बोस्थित प्रमुख प्रदर्शन शिविरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । त्यहाँ टाँगिएका पालहरूपनि सुरक्षाकर्मीले हटाइदिएका छन् । 

कोलम्बोस्थित राष्ट्रपतीय कार्यालय बाहिर रहेको सो शिविरमा कारबाही गर्न सयौँ संख्यामा सेना र प्रहरीको कमान्डो परिचालन गरिएको थियो । अन्ततः प्रदर्शनकारीहरूले शिविर छाडेका थिए । 

यसै क्रममा आफ्ना एकजना पत्रकारलाई सेनाले पिटेको र उनको फोन खोसेर भिडियोहरू डिलिट गर्न लगाएको बीबीसीले जनाएको छ । 

यस घटनामा प्रहरीले नौ जना व्यक्तिलाई पक्राउ गरेको छ । तीमध्ये दुई जना घाइते अवस्थामा छन् । 

प्रहरीले यसलाई राष्ट्रपतीय सचिवालयलाई पुनः नियन्त्रणमा राख्नका लागि गरिएको ‘विशेष अपरेसन’को संज्ञा दिएको छ । तर, प्रहरीका एकजना प्रवक्ताले बीबीसीका पत्रकारमाथि आक्रमण भएको भन्ने आफूलाई जानकारी नभएको बताएका छन् । 

गत साता पूर्व राष्ट्रपति गोटाबाया राजपाक्ष देश छाडेर भागेपछि राष्ट्रपतिमा निर्वाचित पूर्वप्रधानमन्त्री रनिल विक्रमसिंघेले बिहीबार शपथ ग्रहण गरेका थिए । 

त्यसैगरी लामो समय सम्म राजपाक्षको निकतटम समर्थक रहेका वरिष्ठ राजनीतिज्ञ दिनेश गुुणवर्धेनाले नयाँ प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

बीबीसीबाट ।     
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro