site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको रणनीतिक रूपमा महत्वपूर्ण भुटानी क्षेत्रमा चीनले बनायो नयाँ गाउँ

नयाँ दिल्ली । भारतको रणनीतिक हितका लागि महत्वपूर्ण हिस्सा मानिएको भुटानी भूभाग दोक्लामभन्दा पूर्वमा चिनियाँ गाउँ निर्माण भइरहेको पाइएको छ ।

भुटानले आफ्नो दाबी गरेको क्षेत्रमा चीनले सडक विस्तार गर्न खोजेपछि दोक्लाम त्रिदेशीय बिन्दुमा ७३ दिनसम्म सन् २०१७ मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो ।

भारतीय सञ्चार माध्यम एनडीटीभीले स्पेस टेक्नोलोजी र गुप्तचरमा केन्द्रित एमएएक्सएआर कम्पनीबाट विवादित भूभागमा गाउँ निर्माण भइरहेका स्याटलाइट तस्बिरहरू प्राप्त गरेको पीटीआईले जनाएको छ । तस्बिरमा चीनले बनाएको नयाँ गाउँमा लगभग प्रत्येक घरको ढोकामा कारहरू पार्किङ गरिएको र पूर्ण रूपमा बसोबास गरेको देखिन्छ ।

गाउँको छेउमा बाह्रै महिना गाडी गुड्ने ठुलो सडक देख्न सकिन्छ । 

यो सडकले चीनलाई दोक्लाममा रहेको भूरणनीतिक क्षेत्रमा पहुँच दिन सक्छ । नयाँ तस्बिरहरूमा सेनाको तर्फबाट तत्काल कुनै प्रतिक्रिया नआएको पीटीआईले जनाएको छ । 

नयाँ स्याटेलाइट तस्बिरहरूमा आमो चू नदी उपत्यकाको दोस्रो गाउँ अब लगभग पूरा भएको देखिन्छ । जबकि चीनले दक्षिणमा तेस्रो गाउँ वा बस्ती निर्माणलाई अगाडि बढाएको एनडीटीभीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

गत वर्ष अक्टोबरमा भुटान र चीनले आफ्नो सीमा विवाद समाधान गर्न वार्तालाई छिटो बनाउन ‘तीन–चरण रोडम्याप’मा एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

भुटान र चीनबीच करिब ४०० किलोमिटर लामो सीमा रहेको छ । दुवै देशबीच सीमा समस्या समाधानका लागि २४ चरणको वार्ता भइसकेको छ । दुवै पक्षका ‘विज्ञ समूह’स्तरको वार्ता पनि १० चरणमा चरणमा भइसकेको छ । 

दोक्लाम भारत र चीन दुवैका लागि सुरक्षा दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ ।

बिज्नेस स्टान्डर्डबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro