site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१३ डलरको बिलमा तीन हजार डलर टिप !

लस एन्जलस । अमेरिकाको पेन्नसिल्भानियास्थित एक रेस्टुरेन्टमा सहर बाहिरबाट आएका एकजना ग्राहकले १३ अमेरिकी डलरको बिलमा ती हजार डलर टिप छोडेर गएको देखेर वेट्रेस छक्क परेकी छन् । 

स्क्रान्टोनस्थित अल्फ्रेडोज पिज्जा क्याफेमा एउटा १३ डलर पर्ने स्ट्रोम्वोली खाएपछि त्यति धेरै रकम टिपबापत छाडेको वेट्रेस मारियाना लाम्वर्टले बताएकी छन् । 

स्टा«ेम्वोली विभिन्न प्रकारका चिज र इटालियन मासु जस्तै सलामी, क्यापिकोला र व्रेसाओला राखेर बनाइएको एक स्वादिष्ट परिकार हो । 

लाम्वर्टले डब्ल्यूएनईपी टेलभिजनलाई बताएकी छन्, “हामीले उनको कार्ड चलाएर हे¥यौँ, ठिकठाक चल्यो । हामीले उनको पचिरपत्र लियौँ र सबैकुराको तस्बिर खिच्यौँ । अन्ततः सबै कुरा कानुनी रूपमै वैध र वास्तविक भेटिए ।”

अल्फ्रेडोका म्यानेजर म्याट मर्टिनीले ग्राहक एरिक स्मिथसँग सम्पर्क राख्दा उनले जिससको नाममा टिप छाडेको बताएका छन् । रसिदमा पनि ‘जिससका लागि टिप’ लेखिएको छ । 

लाम्वर्टले आफूले यति धेरै टिप पाएको अझै आफूलाई पत्याउनै गाह्रो भइरहेको र यो पैसा आफ्नो केही बिल तिर्न र परिवारसँग बिदा मनाउन खर्च गर्ने योजना बनाएको बताएकी छन् ।   

यूपीआईबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro