site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा अमेरिकी महिलामाथि सामूहिक बलात्कार 

पाकिस्तान । एकजना अमेरिकी महिलाले पाकिस्तानमा आफूमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी दिएकी छन् । 

२१ वर्षीय ती महिलाले आफूमाथि एउटा होटेलमा सामूहिक बलात्कार भएको उजुरी दिएपछि पाकिस्तानी प्रहरीले कम्तीमा दुईजना सन्दिग्ध पुरुषलाई पक्राउ गरेको छ । 

सरकारी अधिकारीहरूले सो बलात्कारको घटना पूर्वी पन्जाब प्रान्तको एउटा पर्यटकीय रिसोर्टमा भएको बताएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउमा पर्नेहरू ती महिलालाई आतिथ्यता प्रदान गर्ने व्यक्ति हुन् । उनीहरूले ती महिलालाई यसै साता पन्जाब प्रान्तको देरा घाजी खान जिल्लाको एउटा होटेलमा लगेर यौन उत्पीडन गरेको बुझिएको छ । 

उनी तीन साताअघि मात्र पाकिस्तान आइपुगेकी थिइन् । प्रहरीले उनलाई कसरी ती दुई पुरुषले फकाएर होटेल पुर्‍याए भन्नेबारे छानबिन भइरहेको जनाएको छ । ओरोपितमध्ये एकको घरमा ती महिला यसअघि पाँच दिन बसेको बताइएको छ ।

इस्लामावादस्थित अमेरिकी दूतावासले पाकिस्तानको लाहोर सहरस्थित आफ्नो नियोग पीडितलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ । तर, दूतावासले यस घटनाबारे भने कुनै टिप्पणी गरेको छैन । 

पाकिस्तानमा महिलामाथि हुने गरेका यौन उत्पीडनको घटनाबारे कमै मात्र प्रहरीमा उजुरी पर्ने गर्दछ । तर, विदेशी महिलाहरूमाथि भने यस्तो घटना बिरलै हुने गरेको छ ।  

एपीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro