site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेन्गुइनले ‘सस्तो माछा’ खान मानेन ! 

टोक्यो । एउटा जापानी एक्वारियमले आफूले मुद्रा अवमूल्यनका कारण पेन्गुइनलाई सस्तो माछा खुवाउने प्रयास गरिरहेको तर ती पन्छीले त्यस्ता माछा खान नमानेको खबर सार्वजनिक गरेको छ । 

जापानको राजधानी टोक्योदेखि दक्षिण पश्चिममा रहेको हाकोने–एन एक्वारियमका अधिकारीहरूले ती पेन्गुइनलाई सधैँ दिइने गरिएको अजि, अका जापानिज हर्स म्याकरल जस्ता आहारको सट्टामा सस्तो खालका म्याकरल दिन खोजेको बताएका छन् । गत वर्षको तुलनामा जापानी बजारमा अजि माछाको भाउ तीस प्रतिशतले बढेको छ । 

सो एक्वारियमले सार्वजनिक गरेको एउटा भिडियोमा पेन्गुइनहरूले सस्ता माछा खान आनाकानी गरिरहेको देखिन्छ । 

एक्वारियमका प्रमुख अधिकारी हिरोकी सिमामोतोले भाइस वर्ल्ड न्यूजलाई भनेका छन्, “तिनीहरूले त्यस्ता माछा झुकेर मुखमा हाले पनि तत्कालै थुक्ने गरेका छन् । यदि केही अजि माछसँग मिसाएर खुवाइएको खण्डमा सस्ता माछा पनि तिनीहरूले खाने गरेका छन् । यो समस्या समाधान गर्न हामीले आगन्तुकहरूको प्रवेश शुल्क वृद्ध गर्न सक्छौँ ।”

 यूपीआईबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro