site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इतिहास रच्दै द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

काठमाडौं । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन् । सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन् ।

जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन् । उनी १५औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन् ।

तेस्रो चरणको मत गणना हुँदा उनले पचास प्रतिशत मत कटाएकी छन् । उनलाई विपक्षी उमेदवार यशवन्त सिन्हाले बधाई दिइसकेका छन् ।

विभिन्न दलका ५३८ सांसदले निर्वाचनअघि नै उनलाई समर्थन गरेका थिए । तर, तीमध्ये केहीले मतदान गरेनन् । आठ सांसद राष्ट्रपति निवाचनको मतदानमा सहभागी भएका थिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  २१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro