काठमाडौं । अरनिको पाँडेले ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उमेदवारी दिने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफू उमेदवार बन्न लागेको जानकारीगराएका छन् ।
वायुमण्डलीय वैज्ञानिक तथा नीति सल्लाहकारसमेत रहेका पाँडे हिमालय क्षेत्रको वायु प्रदुषण, जलवायु र दिगो विकासको विशेषज्ञसमेत रहेका पाण्डेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातक तहको अध्ययन सकेका छन् ।
त्यसैगरी युनिभर्सिटी अफ विस्कन्सिनबाट स्नातकोत्तर र एम आईटीबाट विद्यावारिधी हाँसिल गरेका छन् । उनी एमआईटी र प्रिन्सटन विश्वविद्यालयबाट पोस्ट डक्टरेट अध्ययन पूरा गरी युनिभर्सिटी अफ भर्जिनियामा प्राध्यापनसमेत गरेका छन् ।
जलवायु परिवर्तनले नेपालमा ल्याउने विनास र दुःखबारे चिन्तित भएर र नेपालले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनुपर्ने र नेतृत्व लिनुपर्ने देखेर उमेदवारी दिन लागेको जनाएका छन् ।