site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय र कार्यान्वयनबारे संसद्लाई जानकारी दिन निर्देशन

 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले एसपीपीको विषयमा सांसदहरूले उठाएका विषयमाथि आफ्नो ध्यानाकर्षण भएको भन्दै यस सम्बन्धमा सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

सांसदहरूले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि अमेरिकालाई पत्राचार नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै प्रतिनिधिसभाले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरेको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि सात दिनका लागि थप गर्ने सभामुखको प्रस्तावलाई बैठकले पारित गरेको हो ।

यसअघि असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro