site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो चरणको मतगणनामा मुर्मुको अग्रता
द्रौपदी मुर्मु ।

नयाँ दिल्ली । एनडीएका तर्फबाट भारतमा राष्ट्रपति पदकी उमेदवार द्रौपदी मुर्मु सांसदहरूको ७४८ मध्ये ५४० मतका साथ अगाडि छिन् ।

उनका प्रतिस्पर्धी उमेदवार यशवंत सिन्हाले पहिलो चरणको मतगणनामा २०८ मत प्राप्त गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

पहिलो चरणको गणनामा १५ सांसदको मत बदर भएको छ ।

मुर्मुको पक्षमा केही ‘क्रस भोटिङ’ पनि भएको संकेत देखिएको त्यहाँका निर्वाचन अधिकारीहरूले बताएका छन् ।

मुर्मुले सहजै जित हासिल गर्ने अनुमान छ । विभिन्न दलका ५३८ सांसदले निर्वाचनअघि नै उनलाई समर्थन गरेका थिए । तर, तीमध्ये केहीले मतदान गरेनन् । आठ सांसद राष्ट्रपति निवाचनको मतदानमा सहभागी भएका थिएनन् ।

अहिले दोस्रो चरणको मतगणना सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro