site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाबेलको गोदाममा प्रहरीको छापा, एक करोडको अवैध सामानसहित एक पक्राउ

काठमाडौं । काठमाडौंको चाबेलस्थित एक गोदाममा प्रहरीले छापा मारेको छ । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारी गोदामबाट एक करोड रुपैयाँबराबरको ‘अवैध’ सामान बरामद गरेको छ ।

उक्त कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार गोदामबाट विभिन्न ब्रान्डका चुरोट, गुट्खा, अक्सिमिटरलगायत अवैध सामग्री बरामद गरिएको हो । अवैध पटाका समेत बरामद गरिएको छ ।

गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका–१ का ४० वर्षीय छविलाल अगस्तीलाई समेत पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीविरुद्ध राजस्व अनुसन्धान विभाग र महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान अगाडि बढाइने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro