site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
सम्बन्धमा छिमेकीको ‘मार्ग परिवर्तन’ कि ‘विस्तार’? 

गत असार महिनाको अन्तिम साता दुई छिमेकीले नेपाल सम्बन्धमा नयाँ पहल सुरु गरेको सन्देश दिएका छन्  । सम्बन्धमा नयाँ प्रारम्भ त होइन थप पहल उजागर भएको भने हो । उत्तरी छिमेकी चीन र दक्षिणी भारतले नेपालसँगको सम्बन्ध परम्परामा थप गर्दै यहाँका दलहरुसँग पनि हातेमालो कसिलो पार्न चाहेको प्रत्यक्ष छनक प्रस्तुत गरेका छन् । नेपालले पनि छिमेकी प्रयत्नलाई सकारेको प्रतीत हुन्छ । 

छिमेक वा अन्य राजनीतकि राष्ट्रका दलहरुबीच भाइचारा सम्बन्ध नौलो होइन । प्रभावशाली र प्रायः विचार मिल्ने राजनीतिक दलहरुबीच आपसी सम्बन्ध पुरानै परम्परा हो । तर राष्ट्रिय सम्बन्धमा नै प्रभाव राख्ने गरी आपसी तर दलहरुबीच सम्बन्ध घनिभूत बनाउन खोजिएको छिमेकी पहल यतिबेला प्रत्यक्ष भएको छ । 

छिमेकका प्रायः सत्तासीन दलहरुबीच सुमधुर सम्बन्धको खोजी हुने नै भयो । चीनमा लामो समयदेखि कम्युनिस्ट नेतृत्वको सरकार छ । चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) नेतृत्वको सरकारसँग सुमधुर सम्बन्धको लागि नेपालले सीपीसीसँग समेत हार्दिक सम्बन्ध बनाइराख्नु जरुरी छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सीपीसीका प्रतिनिधिले नै चिनियाँ सरकारमा प्रतिनिधित्व गरिरहेका हुन्छन् । जस्तै राष्ट्रपति सी जिङपिन. सीपीसीका प्रथम निर्णायक पदाधिकारी महासचिवसमेत हुन् । त्यहाँ सीपीसी र चिनियाँ सरकार भन्नु एउटै संरचनाका दुई पाटा हुन् । सम्बन्धको लागि अर्को विकल्प त्यहाँ छैन । 

दक्षिण छिमेकी भारतमा चाहिँ दलहरु धेरै छन् र नेपालका विभिन्न दलको सम्बन्ध पनि त्यहाँका विभिन्न दलहरुसँग रहेको छ, थियो । यसअघि भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा युनाइटेड प्रोग्रेसिप अलायन्स (युपीए) को संयुक्त  सरकार थियो । 

Royal Enfield Island Ad

युपीए मोर्चामा कुनै बेला भारतीय कम्युनिस्ट पार्टी (भाकपा) को सशक्त उपस्थिति थियो । नेपालका कम्युनिस्ट पार्टीहरु खासगरी नेकपा (एमाले)ले भारतका कम्युनिस्ट पार्टीहरूसँग निकै गाढा सम्बन्ध बनाएको हो । त्यतिबेला भाकपा (माक्र्सवादी)का महासचिव सीताराम यचुरीले नेपाल सम्बन्धमा निर्वाह गरेको भूमिका स्मरणीय छ । यतिबेला भारतीय कम्युनिस्ट पार्टीहरू नाम मात्रमा सीमित भएजस्ता छन् । यस्तो अवस्थामा सम्बन्धको लाभ पनि बचेन । 

त्यस्तै भारतीय राष्ट्रिय कांग्रेस सत्तासीन रहँदा नेपालका राजनीतिक दल र सरकार(हरु)को सम्बन्ध भारतीय कांग्रेसको सरकारसँग हुने नै भयो, दलसँग पनि । त्यहाँको सत्तामा भारतीय जनता पार्टी (भाजपा)को उदयपछि नेपालका सरकार(हरु)ले पनि भाजपा सरकारसँग सम्बन्ध विस्तार गरे । साथै दलहरुको सम्बन्ध पनि भारतीय कांग्रेस पार्टीबाट मोडिएर क्रमशः भाजपातिर बढ्ने नै भयो । 

नेपाली कांग्रेस पार्टीको सम्बन्ध उतार चढाबबीच भारतीय कांग्रेससँगै थियो । त्यो त्यस्तो बेला थियो जतिबेला भारतमा वैकल्पिक सशक्त राष्ट्रिय दलको अभ्युदय बाँकी नै थियो । अर्थात् सम्बन्धको लागि भरपर्दो वैकल्पिक राष्ट्रिय दल त्यहाँ थिएन । 

सत्तरीको दशक (सन् १९७५ तिर) तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले देशभर आपातकाल घोषणा गरेपछि चर्किएको विरोधबीच भारतमा विपक्षीहरू एक हुँदा दक्षिणपन्थी दल जनसंघ पनि फराकिलो राजनीतिमा आयो । त्यतिबेलाको जनता पार्टीमा सम्मिलित भएकाहरूले नै अहिलेको भाजपा बनाएका हुन् । 

आपतकाल हटेपछि भएको चुनावमा भारतीय राष्ट्रिय कांग्रेस (आई) को पराजय भयो । प्रणव मुखर्जीलगायत केही नेताले कांग्रेस छोडे, पार्टी विभाजित भयो । कांग्रेस (आई) ले सरकार बनाउने हैसियत गुमायो । 

कांग्रेसकै पुराना नेता मोरारजी देशाईको नेतृत्वमा जनता दलको सरकार बन्यो । तर धेरै दलबाट जम्मा भएकाहरूले अप्ठेरो परेका बेला एक भएर बनाएको सरकार लामो समय टिकेन । सरकार बनाउने र भत्काउने अस्थिर सिलसिला भारतमा चल्यो । यही समयमा कांग्रेसको समर्थनमा चौधरी चरण सिंहको सरकार बन्यो । चुनावपछि कांग्रेस सत्तामा फक्र्यो तर प्रधानमन्त्री इन्दिरा गान्धिको हत्या भयो । उनका छोरा राजीव गान्धी पाइलट पेसा छोडेर भारतीय राजनीतिमा ओर्लिए र प्रधानमन्त्री भए । 

आमाको हत्याले उत्पन्न गरेको सहानुभूतिको लहरमा  चुनावमा प्रचण्ड बहुमत पाएका राजीवको सरकार भने विवादमा प¥यो । हतियार खरिदमा कमिसन लिएको आरोपमा उनकै समर्थकले साथ छाडे ।

चुनाव भयो । विपक्षी गठबन्धनले सरकार बनायो तर चलेन । चुनाव भयो । निर्वाचन प्रचारकै क्रममा राजीवको तमिलनाडुमा हत्या भयो । त्यसपछि भएको चुनावमा पनि काग्रेसले नै सरकार बनायो । 

आपातकालको समयमा समाजवादी नेता जयप्रकाश नारायणको पहलमा भारतीय जनता दल बनाइएको थियो । यसका अध्यक्ष मोरारजी देशाई प्रधानमन्त्री पनि बने तर यो दल लामो समय एक रहन सकेन । यही दलमा सम्मिलित अटलविहारी बाजपेयी र लालकृष्ण आडवानीहरुले भारतीय जनता पार्टी बनाए । 

बाजपेयी र आडवानी हिन्दु राष्ट्रका पक्षधर राष्ट्रिय स्वयं सेवक (आरएसएस) नामको संगठनका उपज हुन् । भनिन्छ संघकै परिकल्पनामा भाजपाको जग बसे, बसाइएको हो । 

लोकतान्त्रिक, समाजवादी वैचारिक एकताको कारण समेत नेपालका राजनेता बीपी कोइराला र भारतीय समाजवादी नेता जयप्रकाश नारायण (जेपी)बीच अत्यन्त गहिरो सम्बन्ध थियो । यही कारण तत्कालीन भारतीय जनता दलले नेपाली कांग्रेस र बीपी कोइरालाप्रति गहिरो सहानुभूति राखेको प्रस्टै थियो । इन्दिरा गान्धी रुष्ट । 

जवाहरलाल नेहरु ‘डक्ट्रिन’ अनुयायी इन्दिरा गान्धीको नेपाल ‘पोलिसी’ उदार भएन । एक यो पनि कारण थियो बीपी कोइराला र गणेशमान सिंहलगायत नेताहरु अनेक जोखिमको बीच मेलमिलाप नीतिका साथ राजनीतिक प्रवास त्यागेर भारतबाट स्वदेश फर्कनु भएको । 

भन्नुको मतलब नेपालको भारतसँगको सम्बन्धमा यतिविधि उतार चढावका कारण थिए । ती कतिपय कारण बीपीको आत्मवृत्तान्त र जेल डायरीहरुमा चित्रित छन् । 

सम्बन्धको ‘लिगेसी’मा जेपी प्रभावित जनता दलसँग अलग्गिएर बाजपेयी र अडवानी उद्घाटित भाजपासँग नेपाली कांग्रेसको दलीय सम्बन्ध अस्वाभाविक देखिन्छ । सम्बन्ध विस्तारित हुँदैछ र भारतीय पक्ष (भाजपा) यस मामलामा सक्रिय लाग्छ । नेपालका प्रभावशाली कम्युनिस्ट पार्टीहरुसँग पनि भाजपाले हातेमालो प्रत्यक्ष सुदृढ गर्दैछ । 

भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा हालै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणको सन्देश मुख्यतः यही हो । 

अध्यक्ष दाहालले गरेको भारत भ्रमणप्रति नेपालमा संघीय र प्रादेशिक चुनाव नजिकिँदै गर्दा कांग्रेस नेतृत्वको पाँच दलीय संयुक्त सरकार, सरकारमा गठबन्धित दलहरु तालमेलसँगै चुनावमा जाने चर्चा र उत्तरी छिमेकी चीनका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सम्पन्न भएकै चार दिनपछि जस्ता आदि कारण जोडेर कूटनीतिक वृत्तमा  अनेक आशंका र विचार व्यक्त भएका छन् ।

चीनका विदेश विभाग प्रमुख लिउले भ्रमणका क्रममा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई पनि भेटे । यी भेट दलीय प्रतिनिधिबीच भएको मान्न सकिँदैन । यद्यपि, लिउ पार्टी (सीपीसी) का प्रतिनिधि हुन् । प्रधानमन्त्री र मन्त्रीहरुसँगको भेटलाई सरकारी प्रतिनिधिसँग भएको मानिन्छ । उनले कांग्रेस महामन्त्री गगन थापासँग भेट्नुलाई भने पार्टीस्तरीय भेटवार्ता भन्न मिल्छ । 

विदेश विभाग प्रमुख लिउले माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एमाले) अध्यक्ष केपीशर्मा ओली, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललाई भेट्नु दलीय भेट हो । समाचारमा आएअनुसार लिउले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि भेटे । 

यस्ता भेटको सन्देश के हो ? यहाँ उनले  दिएको मन्तव्यमा नेपालका दलहरुबीच तटस्थता प्रदर्शित गरे पनि चुनावको मुखमा नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताको मन्त्रणासमेत दिएको आशंका छ । यहाँ दलका नेताहरुसँग गरिएको व्यापक भेटवार्ता पार्टीगत सम्बन्ध सुदृढ गर्ने चिनिया कूटनीतिको प्रत्यक्ष प्रयत्न हो भनिदैछ – ‘पार्टीगत सम्बन्धको माध्यमबाट सरकार र नेपाल सम्बन्धलाई प्रभावित गर्ने प्रयत्न’ । 

यस्तै प्रयत्न भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालाले पनि गरेका छन् । यहाँ आउँदा उनले नेपालका ठूला दलका शीर्ष नेतालाई भेट्ने गरेका छन् । गत चैतमा भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपाको पार्टी कार्यालयमा भाजपाका पदाधिकारीलाई भेट्न जानुको सन्देश पनि दलबीच सम्बन्ध सुधारको प्रयास मान्नुपर्छ ? 

यस्ता भेटघाटको उद्देश्य दल, देश र सरकारबीचको सम्बन्ध घनीभूत गर्न हो कि आआफ्नो शक्ति बढाउन वा पहिचान विस्तार गर्न हो ? बहस उत्पन्न भएको छ । सरकारसँग भन्दा पनि सरकारमा पुग्ने वा प्रभाव पार्ने (सम्भावित) जुनसुकै दललाई पनि विश्वासमा लिएर आफ्नो स्वार्थ संरक्षण गर्ने चिनियाँ र भारतीय कूटरणनीति हो भन्ने टिप्पणी पनि छ । साथैै नेपालका नेतालाई प्रभावित परिचालन गर्ने उद्देश्य पनि छिमेकीहरुको हो कि ? 

विदेशका नेता आउँदा यहाँको सरकारी र विभिन्न दलका नेता, प्रतिनिधिलाई चाहेअनुसार उनीहरु भेट गर्छन् तर नेपाली नेताहरु विदेश भ्रमण जाँदा त्यहाँका प्रतिपक्षी दलका नेतालाई भेट्न असमर्थ देखिएका छन् । खासगरी भारतमा यसअघि प्रतिपक्षी नेतालाई पनि भेट्ने प्रचलन थियो । हाल बन्द छ । त्यहाँको सरकारको अनुदार व्यवस्थापनको कारण हो कि यस्तो भेट हुन छोडेको वा हाम्रोतर्फबाट त्यस्तो भेटको अपेक्षा प्रस्तुतिमा नै उपेक्षा गरिएको हो ? 

केही अघिसम्म नेपाली कांग्रेससँगको सम्बन्धमा उदासीन देखिन थालेको चीनले यसपटक नयाँ पहल उजागर गरेको छ ।

पहिलोपटक, चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउले सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमण गरेर दिन चाहेका सन्देश हो ।

उनले यस क्रममा सार्वजनिक व्यक्त गरेको ऐतिहासिक दुई विषय पनि काँंग्रेस पार्टीसँग सम्बन्ध समीक्षाको महत्त्वपूर्ण सन्देश भन्ने लाग्छ । 

लिउले चीननेपालबीच आधुनिक सम्बन्ध स्थापित गर्न बीपीले गरेको योगदान र चीनलाई संयुक्त राष्ट्रसंघको सदस्य बनाइनुपर्ने विश्व मञ्चमा राखेको विचार यहाँ स्मरण गरे । विदेश विभाग प्रमुख भएपछि पहिलो विदेश भ्रमणमा यहाँ आएका लिउले नेपाल चीन आधुनिक सम्बन्धको जति गहिरो कारण व्यक्त गरे त्यति जानकारी नेपाली स्वनामधन्यहरुसँग पनि नहोला वा उपेक्षा गर्लान् । 

शक्ति प्रतिस्पर्धी दुई छिमेकी भारत र चीनले नेपालसँगको सम्बन्धमा उजागर गरेको दलीय ‘दोस्ताना’ परम्पराको प्रत्यक्षीकरण हो । यसैलाई नेपालका विदेश मामलाका ज्ञाताहरु भन्छन्– ‘नेपाल सम्बन्धमा छिमेकीको ‘कोर्स करेक्सन’ । तर लाग्छ, यो छिमेकीको  ‘कोर्स करेक्सन’ नभएर ‘कोर्स भास्ट’ मात्र हो । अर्थात्, कोर्सको उद्देश्यमा सुधार वा बदलाब होइन, कोर्सको नै व्यापक फैलावटको प्रयत्न हो कि ?                       
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro