site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिचन्द्र क्याम्पसको जीर्णोद्धारका लागि पूर्वविद्यार्थीले थाले पहल, समिति नै बनाएर काम गरिँदै

काठमाडौं । काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसका पूर्वविद्यार्थीहरूले क्याम्पसको संरक्षण र प्रवर्द्धनका लागि पहल थालेका छन् । उनीहरूले समिति नै बनाएर पहल थालेका हुन् ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मृगेन्द्र राज पाण्डेको सभापतित्वमा बसेको पूर्व विद्यार्थीहरू सम्मिलित नागरिक सरोकार समूहको बैठकले त्रिचन्द्र क्याम्पसको भौतिक संरचना धराशायी हुनबाट जोगाउन पहल गर्ने निर्णय गरेको छ । बैठकले क्यम्पसको जमिनमा थप  अतिक्रमण हुन नदिने निर्णय गरेको छ ।

त्रिचन्द्र क्याम्पसको संरक्षण र प्रवर्द्धन गर्न डा. मधु घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ । जसमा डा. मृगेन्द्रराज पाण्डे प्रमुख सल्लाहकार रहेका छन् । किशोर नेपाललाई संवाद सहजकर्ताको भूमिका दिइएको छ ।

यसैगरी सहसंयोजकमा वसन्त लोहनी र चार्ल्स मेन्डिज छन् । कोषाध्यक्षको जिम्मेवारी ज्ञानेन्द्र राज तुलाधरले पाएका छन् ।

सदस्यमा दमननाथ ढुङ्गाना, डा. प्रकाशचन्द्र लोहनी, केदारभक्त माथेमा, डा. जीवराज पोखरेल, डा. आमोदमणि दिक्षित, गौरीनाथ रिमाल, मनोहर राजभण्डारी र किशोर थापा छन् ।

बैठकले समितिमार्फत क्याम्पस भवनको जीर्णोद्धार गरी पहिलेकै रूपमा ल्याउन पहल गर्ने निर्णय गरेको छ ।

साथै क्याम्पसको जग्गा अतिक्रमण गर्ने प्रयास भइरहेको निष्कर्ष निकाल्दै बैठकले यसलाई रोक्न पनि पलह गर्ने निर्णय गरेको छ ।

त्रिचन्द्र क्याम्पसको स्थापना १२ भदौ १९७५ मा भएको थियो । ऐतिहासिक धरोहरका रूपमा रहेको क्याम्पस सरकारको बेवास्ताका कारण जीर्ण बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro