site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनेरास्ववियू माग– ओपीडी सेवा नि:शुल्क गर, उपचारमा विद्यार्थीलाई ५० प्रतिशत छुट देऊ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारी तथा सामुदायिक शैक्षिक संस्थाका विद्यार्थीलाई अस्पतालमा ओपीडी सेवा नि:शुल्क गर्न माग गरेको छ ।

आज स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई भेटेर अनेरास्वियूका नेताहरूले नि:शुल्क ओपीडीसहित सबैखाले उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेका हुन् ।

"हामीलाई विश्वास छ माननीय मन्त्रीज्यूले संविधान प्रदत्त मौलिक अधिकारको रूपमा रहेको स्वास्थ्यलाई विद्यार्थीको लागि नि:शुल्क र सहज पहुचमा पुऱ्याउन पहलकदमी लिनुहुनेछ । हामी चाहन्छौँ, विद्यार्थीको स्वास्थ्यमाथि कुनै पनि किसमको खेलबाँड नहोस्, स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नबनोस् र यही विषयमा पुन: हामीले आन्दोलन गर्न नपरोस्," अनेरास्वियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro