site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग बिहीबार साेधपुछ गर्ने 
फाइल तस्बिर : पूर्वअर्थमन्त्री जनार्दन शर्मा ।

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष छानबिन समितिले बिहीबार शर्मासँग छलफल गर्ने भएको छ । 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुईपत्रकारसँग छलफल गरेको थियो भने बिहीबार शर्मासँग छलफल गर्ने निर्णय भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । 

यसअघि बुधबारकै बैठकमा शर्मालाई बोलाएर सोधपुछ गरिने बताइएको थियो । 

त्यस्तै, बिहीबार समिति गठन गरिएको १० दिन पूरा हुने भएकाले केही दिन म्याद थप गर्ने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए । 

समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro