site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावलले रोस्ट्रम नछाडेपछि...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोस्ट्रम नछाडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङ गर्नुपर्ने माग गर्दै रावलले रोस्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो ।

बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटकपटक बस्न अनुरोध गर्दा पनि रावलले रुलिङ नभएसम्म रोस्ट्रम नछाड्ने अडान राखेका थिए ।

सो क्रममा केही सांसदहरूले आपत्ति पनि जनाएका थिए । त्यसलगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै विषयान्तर नगर्न आग्रह गरे । तर रावलले एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहोर्‍याए ।

त्यसपछि सभामुख सापकोटाले केही बेरका लागि संसद् बैठक स्थगित नै गरेका थिए ।

१५ मिनेट स्थगीत भएर सुरु भएको बैठक भने सहज रुपमा अघि बढेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro