site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रदर्शन अगाडि नै ‘प्रकाश’को ७५ प्रतिशत लगानी सुरक्षित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘प्रकाश’ले प्रदर्शन अगावै ७५ प्रतिशत लगानी सुरक्षित गरिसकेको छ । भदौ १० गते रिलिज हुने चलचित्रले प्रदर्शन हुनु अगाडि नै ७५ प्रतिशत लगानी सुरक्षित गरेको हो ।
 
विदेश राइट्सबाट चलचित्रले लगानीको १ करोड ७२ लाख रुपैयाँ सुनिश्चित गरिसकेको हो । 

“भारत, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, अमेरिका, क्यानडा, मिडिलइष्ट र युरोपका विभिन्न देशको राइट्स हामीले बिक्री गर्दा लगानीको करिब ७५ प्रतिशत रकम सुरक्षित गरिसकेका छौं,” चलचित्र ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारीले भने, “बाँकी देशको राइट्स बिक्री गर्ने तयारीमा छौं । डिल भइरहेकाले चाँडै नै बाँकी देशको राइट्स पनि बिक्री हुन्छ । सबै देशको राइट्स बिक्री गर्दा हाम्रो लगानी विदेश राइट्सबाटै लगानी सुनिश्चित हुन्छ भन्ने हाम्रो विश्वास छ ।”

यद्यपि, अब कुनै पनि देशको राइट्स बिक्री नगरे पनि चलचित्रको लगानी नडुब्ने उनको भनाइ छ । चलचित्रमा साढे दुई करोड रुपैयाँ लगानी भएको निर्माता अधिकारीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो छ चलचित्र ‘प्रकाश’को ट्रेलर

चलचित्रको फर्ष्ट लुक, पोस्टर र टिजरले नै राम्रो रेस्पोन्स पाएकाले विदेश राइट्स राम्रोसँग बिक्री भएको उनको भनाइ छ । 

Global Ime bank

“राम्रो चलचित्र निर्माण गरौं भन्ने मेरो सोच थियो । त्यसैले म राम्रो टिमको खोजीमा थिएँ,” महेन्द्र भन्छन्, “भाग्यले म दिनेश राउतको टिमसँग जोडिएँ । विषय र मिहिनेतले चलचित्र राम्रो बनेको छ ।” उनले चलचित्र निर्माण अघि आफूले केही समय रिसर्चसमेत गरेको बताए । जुम्लामा चलचित्र छायांकन गर्न सकिन्छ कि सकिँदैन भनेर पहिला रिसर्च गरेर सकिन्छ भनेपछि मात्रै गएको उनको भनाइ छ ।  

प्रदीप खड्का भन्छन्– ‘प्रकाश’ मेरो दोस्रो जन्म हो

चलचित्र नेपालसँगै आठ देशमा चलचित्र एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ । 

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का मुख्य भूमिकामा छन् । उनीसँगै चलचित्रमा दीया मास्के, रेणु योगी प्रकाश घिमिरेलगायत मुख्य भूमिकामा छन् ।  यसअघि चकलेटी हिरोको छवि बनाएका प्रदीपले पहिलोपटक क्यारेक्टर आर्टिस्टका रूपमा काम गरेका हुन् । यद्यपि, निर्माण पक्षले ‘प्रकाश’ कमर्सियल चलचित्र भएको दाबी गरेको छ । 

चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । चलचित्रले मुख्य पात्रको माध्यमबाट बर्गिय विभेदको कुरा उठाइएको छ ।

‘जिद्धी’ निर्देशकसँग दीयाको करिअरकै टफ चलचित्र

विकास सुवेदीले लेखेको चलचित्र राजेश श्रेष्ठको खिचेका छन् । जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेस श्रेष्ठको पाश्र्व संगीत छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC