site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हुन्डाईको वर्ल्ड कपलक्षित ‘टेस्ट–ड्राइभ क्याम्पेन’ सुरु, कतारमा विश्वकप हेर्न पाउने अवसर

काठमाडौं । फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ ।

उक्त अफरअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउने कम्पनीले जनाएको छ ।

Argakhachi Cement Island Ad

साउन ३ (आज) गतेबाट सुरु हुने अफरमा नेपालीले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्ने कम्पनीले उल्लेख गरेको छ । यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुई जना भाग्यशाली विजेताहरूको छनोट गरिने छ । विजेताले उपहारस्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउने छन् । यसरी चारजना हुन्डाईको स्पोन्सरसिपमा कतार जान पाउनेछन् । 

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले संयोजन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्