site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा विवाहका पाहुना सवार डुंगा दुर्घटना, २३ जनाको मृत्यु
फाइल तस्बिर ।

इस्लामाबाद । १०० जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा रहिम यार खान सहरनजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।

राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री बोकेका कारण डुंगा डुबेको अनुमान गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् । आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ महिलाको शव नदीबाट निकालिएको छ । डुंगामा धैरे महिला र बालबालिका सवार थिए ।

गएको साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदी तटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro