site stats
बाह्रखरी :: Baahrakhari
देश
जोरपाटीमा ‘घरभन्दा अग्लो’ फोहोरा निस्कियो, खानी विभागले अध्ययन गर्दै 
तस्बिर : रमेश खतिवडा/फेसबुक ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको जोरपाटी चोकनजिक लेदो माटोसहितको पानीको फोहोरा निस्किएको छ ।

मंगलबार बिहानदेखि जमिनमुनिबाट लेदोसहित पानीको फोहोरो निस्किएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

“फोहोर घरभन्दा अग्लो छ । पानीमा माटो धेरै मिसिएर आएको छ । फोहोरा निस्किएको खबर पाएपछि हामी त्यहाँ गएका थियौँ । खानी विभागका पदाधिकारीहरूलाई बालाएका छौँ । उहाँहरू आइपुगेर अध्ययन गर्दै हुनुहुन्छ,” उनले भने, “घरहरूमा लेदो छ्यापिएको छ । कुनै पनि क्षति भएको छैन ।”

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्