site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवा भन्सारबाट एक खर्ब १५ अर्ब बढी राजस्व संकलन

बुटवल । रुपन्देहीको भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलनको लक्ष्य तोकेको थियो । लक्ष्य भने भेट्टाउन सकेन । कार्यालयले लक्ष्यको ९०.९४ प्रतिशत राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरिएको थियो । सो आवमा ९९ अर्ब ६५ करोड लक्ष्य तोकिएकामा एक खर्ब १२ अर्ब ५४ करोड संकलन गरिएको थियो । त्यो लक्ष्यभन्दा १२ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकले गएको पुस ५ गते विलासी सामान आयात गर्दा शतप्रतिशत मार्जिन लिनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै प्रतीतपत्र (लेटर अफ क्रेडिट) जारी गरेपछि भारतबाट आयात हुने विलासी वस्तुहरूमा कमी आएको छ । जसले गर्दा पनि योपटक लक्ष्य भेट्टाउन नसकिएको भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले बताए ।

राष्ट्र बैंकले २० प्रकारका वस्तुहरु आयात गर्दा अनिवार्य रूपमा मार्जिन लिई प्रतीतपत्रमार्फत मात्र आयात गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । भारतलगायत तेस्रो मुलुकबाट विलासीका सामान बढी आयात भएको र विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले यस्तो वयवस्था गरिएको हो ।

“त्यसपछि भैरहवा भन्सार हुँदै आयात हुने सामग्री घटेको हो भने राजस्व असुली समेत प्रभावित भएको हो,” पासवानले भने ।

भन्सार कार्यालयका अनुसार आव ०७८/०७९ मा सबैभन्दा बढी राजस्व जीप, कार र भ्यानबाट संकलन भएको छ । जीप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको पासवानले जानकारी दिए ।

यस्तै, मोटरसाइकलबाट १९ अर्ब, ९१ करोड, १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट पाँच अर्ब ७४ करोड ८८ लाख ६० हजार, एमएस बिलेटबाट चार अर्ब ४० करोड पाँच लाख ९३ हजार राजस्व संक्लन भएको छ ।

पेट्रोलबाट चार अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट तीन अर्ब ४९ करोड आठ लाख ९४ हजार, हाइस्पीड डिजेलबाट दुई अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट दुई अर्ब नौ करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख आठ हजार राजस्व संकलन भएको छ ।

यसैगरी, मोबाइलबाट एक अर्ब ४१ करोड ८७ लाख ६४ हजार राजस्व संकलन भएको तथ्यांक छ । बेलहिया नाका हुँदै गएको आर्थिक वर्षमा करिब १५० भन्दा बढी प्रकारका वस्तुहरु आयात गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro