site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेल्जियम क्वार्टरफाइनलमा, आइसल्यान्ड बाहिरियो 

काठमाडौं । फ्रान्ससँग सोमबार राति १–१ को बराबरी खेले पनि आइसल्यान्ड महिला युरोपियन च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा बराबरी खेलेपछि आइसल्यान्डले तीन खेलबाट तीन अंक जोड्यो । त्यो दोस्रो स्थानको बेल्जियमभन्दा १ अंकले पछाडि हो ।

बेल्जियमले गए राति इटालीलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । यसअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरेको फ्रान्स समूह विजेता बन्यो ।

फ्रान्सले गए राति आइसल्यान्डविरुद्ध पहिलो मिनेटमै अग्रता लिएको थियो । फ्रान्सले मेल्भिन मालार्डको गोलबाट पहिलो मिनेटमा अग्रता लिएको हो । आइसल्यान्डका डेङ्नी ब्रेन्जर्सडोटिरले इन्ज्युरी समयमा बराबरी गोल फर्काइन् । ५८औँ मिनेटमा फ्रान्सकी मालार्ड र ८८औँ मिनेटमा ग्रेस गेएरोले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अस्वीकृत गरिदिएको थियो ।

समूह ’डी’मा उपविजेता बनेको बेल्जियमका लागि गए राति टिने डी काइग्नेले गरेको गोल निर्णायक बन्यो । इटाली भने प्रतियोगिताबाट बाहिरियो । इटालीले एक अंक मात्र जोड्न सक्यो ।

क्वार्टरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बेल्जियमले स्वीडेनविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro