site stats
बाह्रखरी :: Baahrakhari
खेल
पुलिस र न्यु डायमन्डको सानदार सुरुआत

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सानदार सुरुआत गरेका छन् । 

पोखरा रंगशालास्थित कभर्डहलमा मंगलबार सुरु भएको प्रतियोगितामा पुलिसले एपीएफ र न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्घाटन दिनको पहिलो खेलमा पुलिसले एपीएफलाई २५–२२, २७–२५, २५–१७ को सेटमा हरायो । दोस्रो खेलमा न्यु डायमन्डले एभरेस्टलाई २५–११, २५–१८, २५–१० को सेटमा हराएको हो । जितसँगै दुवै टिमले समान दुई अंक जोडेका छन् । 

प्रतियोगिताको दोस्रो दिन बुधबार पुलिसले स्टेप रामपुर र न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल संघसँग खेल्नेछ । प्रतियोगिताको मंगलबार एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

नेशनल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्