site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रमुख अस्पतालहरूमा दरबन्दी अभावकाे असर, कहिलेसम्म करारकाे भर ?

काठमाडौं । देशकै जेठो अस्पताल वीर अस्पतालमा सेवा विस्तारका लागि सरकारले एकपछि अर्को भवन थप्दै गयो । मिर्गौलाको डायलायसिसका लागि सुविधासम्पन्न भवन अनि सर्जिकल सेवाका लागि सातले भवन बनाइयो । 

तर, पूर्वाधार र सेवा अनुसारको जनशक्ति थप गर्ने विषयमा सरकारले तदारुकता देखाएन । एक हजार ६०३ जना कर्मचारी रहेको अस्पतालमा एक हजार २३३ स्थायी दरबन्दी छन् । बाँकी जनशक्ति करार र दैनिक ज्यालादारीमा राखिएको अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्र बताउँछन् । 

यता नयाँ बनेको सर्जिकल भवनबाट शल्यक्रियासम्बन्धी सबै सेवा सुरु गरिसकिएको छ । तर, जनशक्ति भने पुल दरबन्दीबाट व्यवस्थापन गरिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक वर्षअघि मात्रै कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्ने भएपछि वीर अस्पतालमा ८३१ जनशक्ति थप गर्नुपर्ने अस्पतालको माग थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पुल’ दरबन्दीमार्फत ४९५ जना जनशक्तिको व्यवस्था गरिदियो । ती कर्मचारीको यही असार मसान्तमा कार्यकाल सकिएपछि सेवा निरन्तरताका लागि मन्त्रालयले आगामी पुससम्म म्याद थप गरेको छ । 

कोरोनाकालका तीनवटा लहरमा क्षमताभन्दा अधिक बिरामीको चाप थेगेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७४ जना करारका कर्मचारी छन् । अस्पतालमा कोभिडका बिरामीको चाप बढेसँगै आईसीयु संख्या तीन वटाबाट थप गरेर २४ पुर्‍याइएको छ । 

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ३१ गते गरेको निर्णयअनुसार टेकु अस्पतालमा कोभिड करारमा रहेका कर्मचारीको कार्यकाल थप गरिएन । अस्पतालको पीसीआर परीक्षणदेखि आईसीयुसम्म करारका जनशक्ति खटाइएको र ती कर्मचारीको कार्यकाल नथप्ने हो भने आईसीयु सेवा समेत बन्द हुने अवस्था रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतम बताउँछन् । कोभिड करारमा रहेका कर्मचारीको म्याद थपका लागि पुनः मन्त्रालयमा अनुरोध गरिएको गौतमले बताए ।  

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई हजार ५ सय जनशक्ति रहेको स्थायी दरबन्दीबाहेकका १ हजार ८ सय कर्मचारी कार्यरत छन् । 

करार दरबन्दी र आफ्नै स्रोतबाट ती कर्मचारीको व्यवस्थापन गरिएको भएपनि पछिल्लो दुई वर्षयता २५ सय जनशक्तिले धान्ने अवस्था नरहेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी बताउँछन् । “अहिले भइरहेको जनशक्तिले पनि धान्न हम्मेहम्मे छ, त्रिवि सेवा आयोगले २ वर्षदेखि नयाँ विज्ञापन खुलाएको छैन” अधिकारी भन्छन् । 

यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ५० प्रतिशत जनशक्ति करार र अन्य स्रोतबाट व्यवस्थापन गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ उपचार तथा व्यवस्थापनका सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको कार्यकाल नथप्ने निर्णय गरेको छ । असार मसान्तमा कार्यअवधि सकिएका उनीहरूलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने मन्त्रालयले स्पष्ट पारिसकेको छ । 

प्रत्येक स्थनीय तहमा आधारभूत अस्पताल पुयाउने उद्देश्यसहित पूर्वाधार निर्माणमा सरकारले बजेट छुट्याएर काम गरिरहेको छ । तर, ती अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापनबारे टुंगो लाग्न सकेको छैन । 

केन्द्रीय अस्पतालहरूमा समेत आवश्यकताअनुसार दरबन्दी व्यवस्थापन गर्न नसक्दा र जनशक्तिकै अभावमा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी उपलब्ध नहुँदा मुलुकको संरचनाअनुसार स्वास्थ्य सेवामा भने संघीयता लागू नभएको सरोकारवालहरूको टिप्पणी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro