site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेकाे अवराेधले तिलोत्तमा नगरपालिका खर्चविहीन
फाइल तस्बिर : तिलोत्तमा नगरपालिकाकाे १२औँ अधिवेशन । तस्बिर स्राेत : तिलोत्तमा नगरपालिका

बुटवल । नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिको अवरोधले रुपन्देहीको तिलोत्तमा नगरपालिका खर्चविहीन बनेको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार बोलाइएको १२औँ अधिवेशनको पाँचौँ बैठक पनि स्थगित भएसँगै तिलोत्तमा खर्चविहिन भएको हो ।

बजेट पारित गर्नका लागि आह्वान गरिएको बैठक स्थगित भएको यो तेस्रो पटक हो ।

एमालेबाट निर्वाचित उपमेयर जागेश्वरीदेवी चौधरीले पेस गरेको बजेट एमालेकै अवरोधले पारित नहुँदासम्म नगरका कुनै पनि विकास निर्माण तथा कार्यलय सञ्चालनका लागि रकम निकासा गर्न नपाइने अवस्थामा पुगेको हो ।

आइतबार बजेट पारितका लागि बोलाइएको बैठक नगरप्रमुखले स्थगित गरेपछि तिलोत्तमा दिनभर तनावग्रस्त बनेको थियो ।

एमालेकाे तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध जनाउँदै नगरका प्रमुख प्रशासकीय अधिकृतको शैली आपत्तिजनक भएको भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

सोमबार दिउसो १ बजेका लागि बोलाइएको नगरसभा बैठक पनि एक सूचना जारी गर्दै स्थगित भएको हो ।

मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको सूचनामा जानकारी गराइएको छ । बैठक स्थगित भएसँगै तिलोत्तमाका राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro