site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रहरी समायोजनमा दबाब दिन प्रदेशका आन्तरिक मामिला मन्त्रीहरू काठमाडाैंमा

विराटनगर । प्रहरी समायोजनमा दबाब दिन प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले संघीय राजधानी काठमाडौंमा शीर्ष नेतासँग भेटघाट गर्न सुरु गरेका छन् । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा केहीअघि छलफल गरी साउन महिनाभित्रै प्रहरी समायोजन गरिसक्नु पर्ने माग गरेका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू संघीय राजधानी काठमाडौंमा भेला भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँगको भेटमा संघीयता कार्यान्वयनको महत्वपूर्ण कडी मानिएको प्रहरी समायोजनलाई गम्भीरतासाथ लिन ध्यानाकर्षण गराएको बताए ।

आन्तरिक मामिला मन्त्री कार्कीका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटघाटका क्रममा प्रदेश प्रहरी सम्बन्धी ऐन प्रदेशसभाबाट पारित भइसकेको तर समायोजनमा ढिलाइ हुँदा समस्या भएको जानकारी गराइएको बताए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू गत २३ असारमा जनकपुरमा भेला भइ साउन महिनाभरमा प्रहरी समायोजन गर्न माग गरेका थिए । मन्त्रीहरूले सात बुँदे घोषणा पत्र जारी गर्दै प्रदेश समायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्