site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर देउवाले हप्काएका सागर डडेलधुराबाट चुनाव लड्ने 

काठमाडौं । पाँचवर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनी हप्काएका सागर ढकाल डडेलधुराबाट चुनाव लड्ने भएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् यो जानकारी गराएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना बनाएका छौं,” उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “मैले हालका प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुराको क्षेत्रबाट चुनाव उठी उहाँलई ससम्मान पूर्णरुपमा वृद्धभत्तासहित आराम दिने निर्णय गरेको छु ।म संसद्मा त जान्छु नै तर १६५ निर्वाचन क्षेत्रमा मजस्ता युवाहरुले पनि मेरो प्रधानमन्त्री बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा म विश्वको नै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरुलाई नै एउटा आशा दिन सक्छु । हाम्रो तर्फबाट नीतिगत तयारी सकिएको छ । बाँकी १६५ निर्वाचन क्षेत्रबाट उठ्ने युवा उमेदवारहरुलाई सुम्पिन चाहन्छौँ । निकै गाह्रो छ तर हजुरहरु सबैको साथ भएमा असम्भव भने छैन ।”

उनले २५० वर्षे राजतन्त्र फालेर दलतन्त्र अब ६०–७० वर्षे दलतन्त्र फालेर जनतन्त्र भन्ने नारा दिएका छन् ।

देउवा अघिल्लोपटक प्रधानमन्त्री हुँदा बीबीसी नेपाली सेवाको साझा सवालमा उपस्थित भएर प्रश्न सोधेका ढकाललाई ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, यहाँ कहाँबाट अक्सफोर्ड पढेको मान्छे ल्याउने ?’ भन्दै हप्काएका थिए ।

उनले ४० मुनिका युवाहरुलाई देशभरबाट जिताउनुपर्ने र प्रधानमन्त्री पनि ४० वर्षमुनिकै हुनुपर्ने बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्