site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कस्ता स्टलले तान्यो त ‘नाडा शो’ मा दर्शकलाई ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । यतिखेर अटो मोबाइलको कुुुुम्भ मेलाको रुपमा चिनिएको भृकुटीमण्डपमा सञ्चालन भइरहेकोे बृहत ‘नाडा अटो शो २०१७’ मा सवारी सम्बन्धी बुझ्न चाहनेदेखि खरिद गर्नेको भीड लागेको छ । विद्यार्थी, व्यवसायी, उद्योगपति लगायत सम्पूर्ण प्रदर्शनीमा जमघट भएको छ । मंलबारदेखि सुरु भएको उक्त शो भव्यताका साथ सञ्चालन भइरहेको देखिन्छ । शो मा विभिन्न सवारी साधनको अवलोकन गर्ने, जानकारी लिने, फोटो खिच्ने खिचाउने, खरिद गर्नेदेखि ‘लक्की ड्र’मा भाग लिनकै लागि भए पनि टिकट खरिद गरेर प्रदर्शनी अवलोकन गर्नेको संख्या व्यापक देखिन्छ ।

कीर्तिपुर बसेर अध्ययन गर्दै आएका बिक्रम राईले आफु बाइकको पारखी भएको भन्दै पछिल्लो समय भित्रिएको बाइकको अवलोकन तथा बुझ्न आएको बताए । त्यसको बाबजुत प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आईएमइ अटोमोटिभद्वारा प्रायोजित ‘यूएम रेनेगाड कमाण्डो’ २ सय ३० सीसीको बाइकले पनि आफुलाई स्टलसम्म ल्याएको जनाए । 

कहाँ झुम्मिए त दर्शक ?
 

Prabhu Bank
Agni Group
NIC Asia

४१ ओटाभन्दा बढी दुई, चार र हेवी सवारी साधनको ब्राण्ड, ९० भन्दा बढी कम्पनी प्रदर्शनीमा सहभागी छन् । त्यस्तै विभिन्न बैंक तथा विक्तिय संस्थाहरुको पनि सहभागीता रहेको उक्त शोमा केहि त्यस्ता स्थान थिए जहाँ दर्शक झुम्मिए ।

फोर्डको मस्टैंग कार
\"\"

Global Ime bank

शोमा जिओ अटोमोबाइल्स प्रालीले प्रदर्शनीमा राखेको मस्टैंग कारमा अवलोकनकर्ताको भीड लागेको देखिन्थ्यो । स्टलमा रहेका सेल्स सहयोगि सुरज अग्रवालले जनाएअनुसार १९४० मा फोर्डले सार्वजनिक गरेको उक्त कार २०१७ को मोडलमा तयार गरिएको हो । 

उक्त कार झट्ट हेर्दै मन लोभ्याउने आकर्षक देखिन्छ । “मस्टैंग प्रदर्शनीको लागि मात्र ल्याइएको हो,” उनले भने ।  ‘छुन मनाही छ’ भन्ने  स्टीकर रहेता पनि उक्त कारसँग फोटो खिचाउन अवलोकनकर्ताहरु लालायित देखिन्थे ।


महिन्द्राको थार

\"\"

अग्नी ग्रुपको स्टलमा रहेको महिन्द्रा ब्राण्डको २५ सय सीसीको इञ्जिन रहेको थारले पनि ग्राहकलाई आकर्षित गरेको देखिन्थ्यो । हेर्दै भव्य लाग्ने उक्त कार प्रदर्शनीको लागि मात्र झिकाइएको बताइएको छ । कम्पनीले कस्टमाइजको लागि मात्र ल्याएको जनाएको हो । 

करिब ७०/८० लाख मूल्य पर्ने प्रदर्शनीमा राखिएको उक्त कार बजारमा उपलब्ध पाउने ३८ लाख रुपैयाँ पर्ने थारको मोडिफाइ रुप रहेको कम्पनीको भनाइ छ । उक्त मोडीफाइ गरिएको कारसँग सेल्फी लिने, फोटो खिच्नेको पनि उत्तीकै भिड देखिन्थ्यो ।

विद्युतीय कार 

\"\"

कन्टीनेन्टल ग्रुपले नेपाली बजारमा ल्याएको कियाको सोउल(ईभी) इलेक्ट्रोनिक भेहिकल सम्बन्धी चासो राख्नेको भीड त्यस्तै देखिन्थे । उक्त कारको बिक्रेताको रुपमा रहेको दिगो सस्टेनेब्लीटी इन्नोभेसनका किया टेक्नीकल अफिसर भरत सापकोटाले सयौंको संख्यामा विद्युतीय कार सम्बन्धमा बुझ्न स्टलमा अवलोकनकर्ताहरु आएको बताए । ५६ र ५८ लाख रुपैयाँ मूल्य रहेको दुई किसिमको विद्युतीय कार स्टलमा उपलब्ध रहेको उनको भनाइ छ । 
‘शो सुरु भएको दुई दिनमा नै २५ वटा विद्युतीय कार बुकिङ्ग भइसकेको छ,” उनले भने “केहि दिन अघि सार्वजनिक भएको कारप्रति खरिदकर्ता तथा अवलोकन कर्ताको उत्सुक्ता अत्यधिक छ ।”
स्टेशनबाट चार्ज गरे आधा घन्टामै फूलचार्ज हुने उक्त कार त्यसपछि १८० किलोमिटर गुड्ने बताइएको छ । नेपालमा उक्त कारलाई भित्र्याउदा २४.३ प्रतिशत मात्र भान्सर लाग्ने भएकाले अन्य कारभन्दा सस्तो भएको उनको दावी छ ।

कारमा राखिएको पैसा पत्ता लगाइ स्कुटी जित्ने अफर 

\"\"

कारमा राखिएको पैसा पत्ता लगाउने र स्कुटी जित्ने अग्नी ग्रुपको महिन्द्रा ब्राण्डले सञ्चालन गरेको आयोजनामा पनि दर्शकहरुको भीड देखिन्थ्यो । 

एउटा कारमा लाख–लाख पेटी डमी रुपैयाँ राखिएको थियो । कारभरि राखिएको उक्त रकम कति छ भनेर अनुमान लगाउनेले महिन्द्राको ‘गस्टो’ १२५ सीसी पर्ने करिब १ लाख २५ हजार रुपैयाँ पर्ने स्कुटर राखिएको थियो ।

सो लक्की ड्रमा सहभागी हुन दर्शकहरुको भीड देखिन्थ्यो । सेल्स डिपार्मेन्टका दिपिका थापाले केहि समयमै अनुमान गर्ने ३ सयबढीले नाम टिपाएको बताइन् ।

१५० सीसीको ‘एनके’ बाइक जित्ने अफर

\"\"

अन्ना इन्टरनेशनल प्रालीले राखेको सीएफ मोटो १५० सीसीको एनके बाइक जित्ने अफरमा पनि युवाहरुको भीड देखिन्थ्यो । अफर अनुसार लक्की ड्रमा भाग लिन इच्छुकले आफ्नो नाम, ठेगना, मोबाइल नम्बर बुझाउनपर्ने र लक्की ड्रमार्फत सोमबार भाग्यशालीको विजेताको नाम घोषणा गर्ने कम्पनीका सेल्स एक्ज्युकेटीभ सागर थापाले बताए । आफु भाग्यशाली बन्ने होडमा युवाहरु भाग लिन तछाडमछाड देखिन्थे । 

थापाले सीएफ मोटोको १० लाख रुपैयाँसम्म पर्ने विभिन्न सीसीका बाइकहरु स्टलमा शनिबारसम्ममा राखिने बतए । त्यस्तै लक्की ड्रमा राखिएको बाइकको मूल्य करिब ३ लाख रुपैयाँ रहेको उनको भनाइ छ । 

प्रदर्शनीमा उच्च, कम मूल्यका सबै ब्राण्डका दुई चक्के तथा चार चक्कै सवारी साधनहरुमा उस्तै अवलोकनकर्ता तथा ग्राहकहरु देखिन्थे । युवाहरुको भीड भने, बाइकहरुको स्टलमा अधिक देखिएको थियो । 

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १४, २०७४  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय