site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीमा जिल्ला समन्वय समिति गठनको तयारीमा दलहरू, कुन जिल्लामा कसरी गठन हुँदै छ ?
Sarbottam CementSarbottam Cement

बुटवल । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको १०८ वटा तहको नतिजा आएको छ भने तिलोत्तमा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । मतपरिणाम आएपछि यतिबेला जिल्लासम्बन्धी समिति गठनको प्रक्रिया अगाडि बढ्न थालेको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा पनि जिसस गठनको तयारीमा दलहरू लाग्न थालेका छन् । 

लुम्बिनीका सात जिल्लामा नेतृत्वकोे टुंगो लागेको छ भने बाकी पाँच जिल्लामा निर्णय गर्न बाँकी छ । गठबन्धनमा सहमति भए अनुसार प्युठान जिल्लामा राष्ट्रिय जनमोर्चाले जिसस पाउने जनाइएको छ । यद्यपि, यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

यस्तो छ जिसस गठन हुने प्रावधान 

Prabhu Bank
Agni Group
NIC Asia

 पालिकाहरूबाट निर्वाचित पदाधिकारीहरू मतदाता रहने संवैधानिक व्यवस्थाअनुसार जिसस गठन हुने हुँदा नयाँ स्थानीय जनप्रतिनिधि निर्वाचित भएसँगै जिसस गठन प्रक्रिया सुरु भएको हो । जिससको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा जिसस गठनको रस्साकस्सी सुरु भएको छ । जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० अनुसार जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ । 

निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र त्यो सभा बसिसक्नुपर्ने र उक्त सभाले जिसस गठन गर्ने व्यवस्था छ । जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उमेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य निर्वाचित भएको हुनुपर्दछ ।

Global Ime bank

निर्वाचन आयोगको पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा तीन जिल्लामा जिसस गठन गर्नेछ भने माओवादी केन्द्र र नेकपा एमालेले २–२ जिल्लामा जिसस गठन गर्नेछन् ।  जिसस बनाउन एकल दलको बहुमत पुग्नुपर्दछ । पर्याप्त मत आएकोले एकल नेतृत्वले गठन गर्नेछन् भने बाँकी जिल्लामा भने बहुमत नआएका दलहरूले गठबन्धन वा सहमतिमा मात्र जिसस बनाउन सक्ने निर्वाचन परिणामले देखाएको छ ।

कुन जिल्लामा कुन दलले एकल गठन गर्ने ?

नेपाली कांग्रेसको बर्दिया, दाङ र बाँकेमा एकल बहुमत पुगेको छ । माओवादी केन्द्रले रोल्पा र पूर्वी रुकुम तथा नेकपा एमालेले पाल्पा र अर्घाखाँचीमा एकल बहुमत पुर्याएका छन् । एकल बहुमत पुगेको जिल्लामा जिसस गठनको लागि तालमेल वा गठबन्धन आवश्यक पर्दैन । 

नेपाली कांग्रेसले एकल बहुमत ल्याएको बर्दियाको कुल मतभार १६ छ । यहाँ कांग्रेसले ५ प्रमुख र ४ उपप्रमुख जित्दै ९ मतभार आफ्नो पक्षमा राखेको छ । यहाँ कांग्रेसले एक्लै जिल्ला समन्वय समिति गठन गर्न सक्नेछ । जहाँ एमालेको १ प्रमुख र ३ उपप्रमुख गरी ४, माओवादी केन्द्रको २ प्रमुख र १ उपप्रमुख गरि ३ मतभार छ ।

यता २० मतभार रहेको दाङ जिल्लामा नेकपाले कांग्रेसले एकल बहुमत पुर्याएको छ । ५ पालिका प्रमुख र सात पालिका उपप्रमुख गरी १२ मतभार कांग्रेसको छ । एमालेको २ प्रमुख र ३ उपप्रमुख गरी ५ र माओवादी केन्द्र ३ प्रमुखसहित ३ मतभार छ ।  १६ मतभार रहेको बाँके जिल्लामा पनि नेपाली कांग्रेसको जिल्ला समन्वय समिति गठन गर्न एकल बहुमत छ । ६ पालिका प्रमुख र ५ उपप्रमुख गरी ११ मतभार कांग्रेस सँग छ । माओवादी केन्द्रको १ प्रमुख र १ उपप्रमुख गरी २,जसपाको १ प्रमुख र २ उपप्रमुख गरी ३ मतभार छ ।

नेकपा माओवादी केन्द्रले रोल्पा र पूर्वी रुकुममा एकलको बहुमत पुर्याएको छ । कुल मतभार २० रहेको रोल्पामा १४ मतभार माओवादीसँग छ ।  ७–७ प्रमुख र उपप्रमुख जितेको माओवादीले एकल बहुमतको जिसस बनाउन सक्नेछ । यहाँ कांग्रेसको  २ प्रमुख र ३ उपप्रमुख गरी ५ र एमालेको १ प्रमुखसहित १ मतभार छ ।

६ मतभार रहेको पूर्वी रुकुममा सबै स्थानमा माओवादी केन्द्रले जितेको छ । ३ प्रमुख र ३ उपप्रमुखसहित ६ मतभार नै माओवादीसँग छ । यहाँ माओवादीले एकल बहुमतको जिसस बनाउनेछ । यसैगरी, नेकपा एमालेले पाल्पा र अर्घाखाँचीमा एकल बहुमत प्राप्त गरेको छ । २० मतभार रहेको पाल्पामा छ प्रमुख र ५ उपप्रमुख गरी ११ मतभार एमालेसँग एक्लै छ । यहाँ एमालेले एकल बहुमतका साथ जिसस गठन गर्नेछ । कांग्रेसको ३ प्रमुख र ४ उपप्रमुख गरी ७ ए माओवादी केन्द्रको १–१ प्रमुख र उपप्रमुख गरी २ मतभार छ । 

१२ मतभार रहेको अर्घाखाँचीमा पनि एमालेले एकल बहुमतको जिसस बनाउने छ । यहाँ एमालेसँग ३ प्रमुख र ५ उपप्रमुख गरी ८ मतभार छ । कांग्रेसको २ प्रमुखसहित २,१ प्रमुखसहित राष्ट्रिय जनमोर्चाको १ र  १ उपप्रमुखसहित माओवादी केन्द्रको १ मतभार छ ।

यी जिल्लामा आवश्यक छ तालमेल 

लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै मतभार रहेको रुपन्देही जिल्लामा जिल्ला समन्वय समिति गठन तालमेल हुन आवश्यक देखिएको छ । तिलोत्तमा नगरपालिकाको मतगणना बाँकी रहँदै अवस्थामा यहाँ स्पष्ट बहुमत कसैको छैन । ३२ मतभार रहेको रुपन्देहीमा नेपाली कांग्रेसको सबैभन्दा धेरै ९ प्रमुख र ४ उपप्रमुख सहित १३ मतभार छ । 

नेकपा एमालेको अहिलेसम्म ३ प्रमुख र ७ उपप्रमुखसहित १० मतभार छ । लोसपाको १ प्रमुख र २ उपप्रमुखसहित ३, जनता प्रगतिशील पार्टीको १ प्रमुख र १ उपप्रमुखसहित २, जसपाको १ प्रमुखसहित १ र राप्रपाको १ उपप्रमुखसहित १ मतभार छ । मतगणना भइरहेको तिलोत्तमा नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उमेदवारको अग्रता कायमै छ । जिल्लामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी शून्य रहेका कारण कांग्रेसलाई गठबन्धन गरेर जित्न जसपा, राप्रपा, लोसपा, जसपाको समर्थन चाहिनेछ । 

१४ कुल मतभार रहेको नवलपरासी (पश्चिम)मा स्पस्ट बहुमत कसैसँग नभएकोले जिल्ला समन्वय समिति गठन गर्न तालमेल आवश्यक छ । यहाँ ३÷३ प्रमुख र उपप्रमुखसहित ६ मतभार कांग्रेसको छ । नेकपा एमालेको ३  प्रमुख र २ उपप्रमुखसहित ५, माओवादी केन्द्रको  १÷१ प्रमुख उपप्रमुखसहित २ र राप्रपाको १ र उपप्रमुखसहित १ मतभार छ । 

यस जिल्लामा जिसस गठनका लागि ८ मत आवश्यक पर्दछ तर, पनि दलले एकल रूपमा सो मत प्राप्त गरेको छैन । त्यसैले कुनै एकल पार्टीको बहुमत नपुगेकोले गठबन्धन गर्नुपर्ने हुन्छ । जिल्लामा कांग्रेस र माओवादी केन्द्रवीचको तालमेलले बहुमत पुग्ने भएका कारण ती २ दुई दलबीच गठबन्धन हुने सम्भावना रहेको छ ।

२४ मतभार रहेको गुल्मी जिल्लामा जिल्ला समन्वय समिति गठनको लागि तालमेल आवश्यक देखिएको छ । बहुमतका लागि १३ मत आवश्यक पर्दछ । कांग्रेस र एमालेको समान १० मत भार रहेकोले बहुमत पुर्याउन आवश्यक ३ मत पर्ने हुँदा गठबन्धन गर्नुपर्ने छ । माओवादी केन्द्र निर्णायक रहेको छ । माओवादीसँग ४ मतभार छ । 

२० मतभार रहेको कपिलवस्तुमा जिल्ला समन्वय समिति गठनको लागि गठबन्धन गर्नु आवश्यक छ । यहाँ कुनै पनि दलको ११ मतभार छैन । कांग्रेसको ४–४ प्रमुख–उपप्रमुख सहित ८ मतभार छ भने एमालेसँग ३ प्रमुख र ४ उपप्रमुख गरी ७ मतभार छ । राप्रपा र लोसपाको १–१ प्रमुखसहित १–१ मतभार छ ।

प्युठानमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन । कुल १८ मतभारमा बहुमत पु¥याउन १० मत चाहिने अवस्था छ तर एकल बहुमत कुनै पनि दलले निकाल्न नसकेका कारण तालमेल गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा निर्वाचनमा क्रममा सत्तारुढ दलले चुनावी गठबन्धन गरेर लडेका कारण जिससमा पनि गठबन्धन हुने निश्चित छ । यहाँ कांग्रेसको ७, एमालेको ४, माओवादीको ४ र जनमोर्चाको ३ मतभार छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय