site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौ‌, भरतपुर र वीरगञ्जमा १०-१० उमेदवारको शून्य मत

काठमाडौं । मुलुकभर स्थानीय चुनाव २०७९ को ज्वरो लागेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत ७५३ मध्ये हालसम्म ७०५ सम्म मत गणना सम्पन्न भई नतिजा आइसकेको छ । बाँकीको मतगणना कार्य जारी छ । 

मुलुुकभरका ६ वटा महानगरपालिकामा मेयर र उपमेयरको उमेदवारको मत गणना हेर्दा नवाँै दिन बित्दा करिब ८० प्रतिशत मतगणना भइसकेको छ । धेरै उमेदवारहरू भारी मतले विजयी भए तर, कतिपय महानगरपालिकामा मेयर र उपमेयरका उमेदवारले शून्य मत पाएका छन् । 

काठमाडौं महानगरपालिकाको हकमा ५५ जना उमेदवार मेयरका प्रत्यासी रहेका छन् । त्यसमा ३५ जना स्वतन्त्र उमेदवार रहेका छन् । जसमा लौरो चिन्ह भएका स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले पहिलो दिनदेखि लिड गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरपालिकाको एक लाख १३ हजार मत गणना भइसकेको छ । जसमा बालेनले ४० हजार ४२७ मत प्राप्त गरेका छन् । तर, त्यही मेयरका १० जना जति प्रत्यासी उमेदवारले एक मत पनि पाएका छैनन् । 

राष्ट्रिय यथार्थवादी पार्टी, नेपालका आन्दराज जोशीले नवौँ दिन गणना गर्दासम्म शून्य मत पाएका छन् भने स्वतन्त्र उमेदवारहरू स्विट थापा, शैलेन्द्रमान श्रेष्ठ, महेन्द्र प्रजापति, रञ्जितमान शाक्य, प्रणेशबहादुर मल्ल, किरण रञ्जित, रोशन शाही, जेठा महर्जन, मनीष श्रेष्ठ र सुनील श्रेष्ठले अहिलेसम्म शून्य मत ल्याएका छन् । 

यसैगरी, उपमेयरमा भने स्वतन्त्र उमेदवार नरेन्द्र मान डंगोलले शून्य मत ल्याएका छन् ।  बागमति प्रदेशकै भरतपुर महानगरपालिकामा २७ जना मेयरको उमेदवारी परेकोमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले ३६ हजार २७२ मत प्राप्त गरी अग्र स्थानमा छिन् । अहिलेसम्म त्यहाँ ९२ हजार १२८ मतगणना गरिएको छ ।

तर, भरतपुर महानगरपालिकामा पनि २७ मध्ये १० मेयरका उमेदवारका प्रत्यासीहरूले अहिलेसम्म परिणाम शून्य रहेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र जनमत पार्टीका क्रमशः ज्ञान बहादुर गुरुङ, टेकबहादुर पुनमगर र सञ्जय कुमार ठाकुरले शून्य मत पाएका छन् ।

अन्य स्वतन्त्र उमेदवारहरू हरिशचन्द्र घिमिरे, रमेश भण्डारी, रामकृष्ण ओझा, हरिशरण श्रेष्ठ, मोहित पाण्डे, कुलराज कँडेल र मिलन अधिकारीले अहिलेसम्म शून्य नतिजा ल्याएका छन् । यस्तै, भरतपुरमा उपमेयरमा १० जनाको उमेदवारी परेकोमा तीन जनाले शून्य मत ल्याएका छन् । यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीका मीना मगर, नेपाल कम्प्युनिस्ट पार्टी माओवादी समाजवादीका कौशिला खत्री र चन्द्रबहादुर तामाङले शून्य मत पाएका छन् । 

वीरगञ्ज महानगरपालिकामा मेयरमा ३० जनाको उमेदवारी परेको छ । यसमा पनि दशै जना उमेदवारले शून्य मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका राजेशमान सिंहले ३३ हजार ३१५ मत ल्याउँदा केही प्रतिस्पर्धीहरू भने शून्यमै चित्त बुझाउन बाध्य भएका हुन् । वीरगञ्जमा स्वतन्त्र उमेदवारहरू राजेश सिंह, शत्रुधनप्रसाद कुर्मी, मो. सगिर अलि, कौशिला देवी कनुईन, कैलाशप्रसाद सर्राफ, सुनील कुमार कलवार, वृजमोहनप्रसाद चौरसिया, विक्कीराज पटेल, जमिल राय भाट र फरोज आलमले अहिलेसम्म शून्य मत ल्याएका छन् । 

यसैगरी, उपमेयरमा १० जनाले उमेदवारी दिएकोमा स्वतन्त्र उमेदवार वीरेन्द्र साहले मात्र शून्य मत ल्याएका छन् । 
तर, ललितपुर महानगरपालिका, विराटनगर महानगरपालिका र पोखरा महानगरपालिकामा भने मेयर र उपमेयरमा शून्य मत आएको छैन । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro