site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस विजयी

बाजुरा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत बाजुराका आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् ।

जिल्लाका नौ पालिकामध्ये नेकपा ९(एमाले)ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिकामा विजयी हासिल गरेको छ । उसले बडीमालिका र बूढीनन्दा नगरपालिकासहित जगन्नाथ, गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो ।

नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित ६ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका जितेको थियो । हालको निर्वाचनमा कांग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमाले विजय हुने भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro