site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेन शाहका प्रतिनिधि भन्छन्–कोरसिटीमा हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हुन्छ 
SkywellSkywell

काठमाडौं । जेठको गर्मीले काठमाडौं जति तातेको छ, त्योभन्दा बढी स्थानीय चुनावको मत गणनाको नतिजाले काठमाडौंमा राप बढेको छ । राष्ट्रिय सभागृहमा वैशाख ३१ गतेदेखि काठमाडौंको मेयरको मतगणना सुरु हुुँदा बालेनले अग्रता लिएका थिए । उक्त अग्रता आजको दिनसम्म कायमै छ । 

अग्रता मात्रै होइन बालेनले ८ हजारभन्दा बढी मतको मतान्तर कायम गर्न थालेपछि सभागृहमा आउने जनप्रतिनिधि, नेताहरू, मतगणना गर्ने प्रतिनिधिहरू ‘के बालेन शाहले चुनाव जित्छन् त’ भन्दै सघन छलफलमा बसेका भेटिन्छन् । मेयरका लागि उठ्ने भन्नेबित्तिकै क्रेज बटुलेका ३२ वर्षे बालेनले दुई ठूूला परम्परागत पार्टीको नाकमा यसरी दम गर्नेछन् भनेर कसले सोचेको थियो र ? सभागृहमा बालेनलाई आएको मत देखेर नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रतिनिधिहरू अचम्मित मुद्रामा देखिन्छन् । 

हालसम्म ११ वटा वडाको मत गणना भइरहेको र १, २ र ३ वडाको मत गणना सकेर विजय घोषणा भइसकेको छ । जसमा एमालेले वडा २ र ३ मा प्यानेलसहित विजयी भएको छ । तर, एमाले जितेका यी वडामा पनि मेयरमा भने बालेनकै लागि मत बढी गएको छ । बालेनको ल्याएको मतसँगै हिजो सामाजिक सञ्जालको चर्चाले चुनाव जित्दैन भन्ने नेताहरूले आज कोर सिटीले जितको सुनिश्चतता कायम छ भन्दै अन्तर्वार्ता दिइरहेका छन् ।

KFC Island Ad
NIC Asia

एमाले नेता केशव स्थापित आफूले जित्नेमा ढुक्क रहेको दोहो¥याइरहेका छन् । आफू पहिलो, कांग्रेस दोस्रो र बालेन तेस्रो हुने उनले भनिरहेका छन् । तर, बालेनका प्रतिनिधि भूपतिन्द्र शाह भने कोर सिटीमा बालेनको प्रतिस्पर्धा एमालेसँग नभई कांग्रेससँग हुने दाबी गर्छन् । मत गणनामा निरन्तर खटिरहेका शाहका अनुसार अहिले गणना गरिरहेका वडामा स्थापितलाई सोचेको भन्दा कम मत आएकोले अबको प्रतिस्पर्धा भने सिंह मात्र भएको उनको भनाइ छ । भन्छन्, “स्थापितलाई मत धेरै आउने अपेक्षा गरेको वडामा हामीले धेरै पाएका छौँ भने कोर सिटीमा त उहाँको चान्स नै छैन । त्यहाँ हाम्रो प्रतिस्पर्धा सिर्जना सिंहसँग मात्रै हुनेछ ।”

कोर सिटीमै आशा गरी बसेका छन्, नेपाली कांग्रेसका नेताहरू पनि । कांग्रेस नेता सुसन वैद्य शाहको भनाइमा सहमत जनाउँदै कोर सिटीमा बालेन र कांग्रेसबीच नै प्रतिस्पर्धा हुनेमा ढुक्क छन् । भन्छन्, “मेयरको रेसबाट स्थापित आउट भइसक्नुभयो । कोर सिटीमा हाम्रो प्रतिस्पर्धा बालेनसँग मात्रै हुनेछ ।” 
यता स्थानीय चुनावमा दलहरूलाई आएको मतको ट्रेन्ड देखेर नेताहरू आफैँ छक्क परेका छन् । एमालेका बाग्मती प्रदेश सांसद गणेशप्रसाद दुलाल मतदाताले यसपटकको चुनावमा कसरी मत हाले भनेर अड्कल गर्नै नसकिएको बताउँछन् । भन्छन्, “खोई, जनताले के गरी भोट हाले भन्नै सक्दैनौँ । वडाध्यक्षमा एमालेलाई नै दिएका छन् । तर, मेयरमा पत्याएनन् ।” 

उनी पनि कोर सिटीमा पुगेपछि एमाले लयमा फर्किने दाबी गर्छन् । भन्छन्, “कोर सिटीमा गन्न थालेपछि मात्रै केही भन्न सक्छाँै । विगतमा विद्या सुन्दर शाक्यले पनि त्यहीँबाट १२ हजार भोट बढी ल्याई जितेका थिए ।”

त्यसो त राजनीतिक दलले राम्रा उमेदवार नउठाउँदा जनताले दिक्क भएर बालेनलाई भोट दिएको भन्दै बालेनको मत पञ्चायती कालमा नानीमैयाँ दाहालले पाएको जस्तै हो भनेर दाहालको जितसँग तुलना गर्नेको पनि कमी छैन । 

स्ट्रक्चरल इन्जिनियरसमेत रहेका बालेन ¥यापर पनि हुन् । उनले उमेदवारी घोषणा हचुवा भरमा नगरेको यस पक्तिंकारलाई चुनावअघि बताएका थिए । पाँच वर्षदेखि तयारी गरेका बालेन चुनावमा हाबी हुनसक्छ भनेर बृहत् अध्ययन गरेर रिपोर्ट बनाएर कांग्रेसका शीर्ष नेतालाई बुझाएको वैद्य पनि सम्झन्छन् । 

तर, नेतृत्व नातावाद, कृपावाद र आफ्नो हात जगन्नाथ नीतिले अघि बढ्दा जनताले पनि बालेनलाई मत दिएर आफ्नो निर्णय सुनाइरहेका छन् । जहाँ कोर सिटीको जनता आफ्नो पकेटको भन्दै दाबी गरिरहेका यी नेतालाई कोर सिटीमै बस्ने बासिन्दाले भने सामाजिक सञ्जालमार्फत प्रश्न तेस्र्याइरहेका छन्, “के कोर सिटीमा बस्नेचाहिँ कांग्रेस र एमालेको दास हो ? उनीहरूले जे भन्यो त्यसैमा भोट हाल्ने ? हाम्रो विवेक छैन ?”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro