site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्ता छन् एमालेबाट बुटवलका उमेदवार बाबुराम भट्टराईका नगर विकास योजना
Sarbottam CementSarbottam Cement

बुटवल । बाबुराम भट्टराई हाल नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलको मेयरका उमेदवार हुन् । स्याङ्जामा जन्मिएका उनको परिवारमा माइला दाइ गोपाल भट्टराई (हाल राष्ट्रिय सभा सदस्य) मधेसमा भूमिगत भएर कम्युनिस्ट राजनीतिमा संलग्न हुनाले उनको घरमा नेताहरूको आउजाउ निकै भइरहन्थ्यो । कम्युनिस्ट वातावरणमा हुर्किएका उनी २०३७ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता भएर सक्रिय भएर लागेका थिए । यसैगरी, ०६१ सालमा भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष तथा औषधि व्यवसायी संघको अध्यक्ष पनि भइसकेका छन् ।

हाल, लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलको मेयरका उमेदवार बाबुराम भट्टराईले आफू मेयरमा निर्वाचित भएपछि बुटवललाई एउटा सुन्दर र सुविधायुक्त बनाउने योजनाहरू बताएका छन् । 

बाह्रखरीसँगको कुराकानीमा उनले बुटवलको मुख्य समस्या र तिनको समाधानका लागि योजना बनाइरहेको बताएका हुन् । बुटवलको विकासका लागि मेयरमा उमेदवार बनेका तिनै भट्टराईका योजनाहरू यस्ता छन् ।
  
भूमिहीनलाई लालपुर्जा

Prabhu Bank
Agni Group
NIC Asia

भट्टराईले योजना बनाइरहेको विषयमध्ये एउटा हो, भूमिहीनलाई जग्गा वितरण । भूमिहीनलाई जग्गा र लालपुर्जा दिने योजना बनाएका उनले भूमि नापीको काम भइसकेको पनि बताएका छन् । यस विषयलाई सम्बोधन गर्दै उनी भन्छन्, “बुटवलको ठूलो समस्या भनेकै भूमिको समस्या हो, जसलाई हामीले सम्बोधन गर्नैपर्छ । भूमि नापीको काम भइसकेको छ । आयोगले लालपुर्जा दिने स्थिति आइपुगेको थियो, तर आयोग नै ढल्यो ।”

उनले अहिलेको अवस्थामा भूमिहीनहरूको लागि केही गर्न नसके पनि आफूले जिते त्यस ठाउँमा निस्सा पाएर बसेकाहरूलाई लालपुर्जा वितरण गर्ने दाबी गर्दै उनले भने, “अहिलेको स्थितिमा हामीले भूमिहीनहरूलाई तपार्इंको भूमि अधिकार यो हो र यहाँसम्म तपाईंले भोग गर्न पाउनुहुन्छ भनेर तोकिदिन सक्छौँ । अहिले निस्सा लिएर बसिरहेका भूमिहीनहरूलाई लालपूर्जा दिने हाम्रो पहिलो प्राथमिकता हुनेछ ।”

Global Ime bank

भूमिको समस्या एकैपटकमा समाधान नहुने बताउँदै उनी भन्छन्, “यसो त भूमिको समस्या एकैपटकमा समाधान हुने कुरा भने होइन । यो समस्या विस्तारै सुल्झिँदै जानेछ ।”

मजदुर र ‘सडकमानव व्यवस्थापन’

उनले मजदुर र ‘सडकमानव’को व्यवस्थापन गर्ने पनि योजना बनाएका छन् । मोतीपुर  औद्योगिक क्षेत्रमा र सार्वजनिक जमिनमा अव्यवस्थित  बसोबास हुनसक्ने बताउँदै त्यसका लागि औद्योगिक क्षेत्र बनाउँदादेखि नै सोच्नुपर्ने बताउँछन् । उनले भने, “हामीले यसको व्यवस्थापनका लागि औद्योगिक भित्र नै बहुतले संरचनाहरू निर्माण गर्नका लागि पहल गर्नेछौँ । मजदुरको आवासको व्यवस्था भए मोतिपुर क्षेत्रमा सम्भावित अव्यवस्थित बसोबासको समस्यालाई रोक्न सकिन्छ ।”

उनले बुटवललाई ‘सडकमानवमुक्त’ नगरको कामलाई पनि अझै प्रभावकारी बनाउने बताएका छन् ।   

यसैगरी, बुटवलका सडकमा गाईवस्तुको व्यवस्थापन निकै गम्भीर चुनौती बन्दै गइरहेको बताउँदै उनले यसको व्यवस्थापनका लागि ठोस योजना ल्याउने बताए । उनले भने, “हामी निर्वाचित भएको केही समयमा नै सडकमा गाईवस्तु नदेखिने गरी काम गर्नेछौँ।”

स्याटेलाइट नगर

उनले मोतीपुर सेमलार क्षेत्रलाई स्याटेलाइट नगरका लागि अध्ययन भइरहेको बताएका छन् । यसैगरी, उनले पुरानो बुटवललाई गुलजार बनाउने योजना पनि सुनाए । 

उनले भने, “हजुरबुवा/बाजेले नुन बोक्ने थलोको रूपमा रहेको पुरानो बुटवललाई गुलजार बनाउने हाम्रो योजना छ । पुरानो ढाँचाका परम्परागत शैलीमा घर निर्माण गर्ने व्यक्तिहरूलाई हामीले निःशुल्क नक्सा पास गरिदिने सोचमा छौँ ।”

स्वास्थ्य सेवा
सबैलाई स्वास्थ्य सेवाको अनुभूत गराउन घर–घरमा ब्लड टेस्ट, एन्टिनेटल टेस्ट, सुत्केरी सेवाका लागि घरदैलोमा स्वास्थ्य टोली खटाएर सेवा दिने बताएका छन् । यसैगरी, बुटवलमा अब धेरै अस्पताल बनाउनुनपर्ने बताउने उनले स्वास्थ्य क्षेत्रमा रहेको आफ्ना योजना सुनाउँदै उनले भने, “सबैलाई स्वास्थ्य सेवाको अनुभूत गराउन घर–घरमा ब्लड टेस्ट, एन्टिनेटल टेस्ट गरी उपचार सेवा दिने, सुत्केरी हुनेहरूका लागि उनीहरूकै घरदैलोमा टोली खटाएर विशेषज्ञ सेवा, स्वास्थ्य शिविर टोल–टोलमा दिने, अल्ट्रासाउन्डको सुविधा पनि दिने योजना बनाएका छौंँ  ।” 

सडक र यातायात

बुटवलको मुख्य सडकमा भइरहेको समस्यालाई व्यवस्थापन गर्ने भट्टराई बताउँछन् । बुटवल क्षेत्रलाई सुन्दर सडकको शहर बनाउन योजना भइरहेको र बताउँदै उनी भन्छन्, “बुटवलको मुख्य सडक बनाउन केन्द्रलाई नै दबाब दिन्छु,” उनी भन्छन्, “बुटवलको सडक समस्यालाई हामीले नकार्न मिल्दैन । तर, समस्या के भने सडकको काम संघीय बजेट अनुसार भएको हो । एमालेको सरकार भरहेको भए यसको धेरै काम सकिन्थ्यो भन्ने मलाई लाग्छ । शुरूमा अदालतले स्टे अर्डर दिएका कारण काम भइरहेको थिएन । अदालतले बाटो खोलिदिएपछि सडक क्लियर गर्न समय लाग्यो । त्यसपछि ठेकेदारलाई समात्नुपर्‍यो । यसका लागि हामीले पनि दबाब दिएका थियौँ । ठेकेदार भने भागेको भाग्यै गर्दा काम अगाडि बढ्न सकेको थिएन । यही दुव्र्यवस्थालाई देखाएर अहिले विपक्षी पार्टीहरूले भोट पनि मागिरहेका छन् ।”

उनले आफूले जितेपछि केन्द्रको काम मात्रै भनेर नबस्ने, सडकलाई पूर्णता दिन सकेसम्म संघीय सरकारलाई नै दबाब दिने, यदि, संघीय सरकारले नगरे नगरपालिकाले नै पीच गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, “यो कामको लागि संघीय सरकारसँग अधिकार मागेरै भए पनि बेरूजु नआउने स्थितिमा निर्माण गरेर काम गर्नेछौँ । सडकका लागि तीन तहकै सरकारबीच समन्वय गर्नुपर्ने जरूरी छ । तर, अहिले जस्तो धूलो उड्न भने दिने छैनौँ । अल्पकालीन समाधान निकाल्दै सडक निर्माणलाई पूर्णता दिनका लागि हामीले योजना बनाउँछौँ ।”

खानेपानीको समस्या समाधान

उम्मेदवार भट्टराईले खानेपानीको समस्यालाई पनि अघि सारेका छन् । उनी भन्छन्, “बुटवलको खानेपानी समस्यालाई सम्बोधन गर्ने विकल्प भनेको झुम्सा खानेपानी हो । यो आयोजना निर्माणका लागि दबाब दिने काम हामीले गर्छौं । बजेट छुट्टी सकेको र टेन्डरमा गइसकेकाले निर्माण कार्य अगाडि बढ्छ भन्ने विश्वास पनि छ ।”

उनले अहिलेको अवस्थामा पनि धेरै वडाहरूमा बोरिङबाट पानी आपूर्ति भइरहेको बताउँदै खानेपानीको समस्या भोगिरहेका स्थानमा बोरिङबाट भए पनि पानीको आपूर्तिलाई व्यवस्थापन गरिछाड्ने बताए । 

यसैगरी, बुटवलको जोखिम चुरेमा गइरहेको पहिरोको विषयमा पनि अध्ययन गर्ने भट्टराईले बताए । उनले भने, “यो  क्षेत्र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पर्छ । हाम्रो कार्यक्षेत्र भित्र पर्दैन । तर, पनि प्राविधिक रूपमा बस्ती जोगाउने काम भने हामीले गर्न सकिन्छ । यसमा अध्ययन गर्नेछौँ ।”


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय