site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तिलोत्तमाका मेयर भन्छन्– आचार संहिता उल्लंघन गरेको छु, कारबाही गरेर देखाए हुन्छ 
Sarbottam CementSarbottam Cement

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै निर्वाचन आयोगलाई खुुला चुनौती दिएका छन् ।

निर्वाचन आचारसंहिताविपरीत तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् ।

एमाले उमेदवार मोहन चापागाई र जागेश्वरीदेवी चौधरीकोे प्रचारमा खटिएका उनले एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा आचारसंहिता उल्लंघन गरेवापत कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार सम्मेलनमा उनले चुनौती दिँदै भने–“मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।”

तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उमेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताए ।

Global Ime bank

उनले भने, “म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैले यसले आचारसंहिता उल्लंघन ग¥यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।”

उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्नेगरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौँला, तर मतदाता प्रभावित गर्नेगरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?”

उनले पत्रकार सम्मेलनमा आफरूले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरूप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले भने–“तपाईंहरूले विपक्षीहरूको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामका बारेमा लेखिदिनुहोला ।”

उनले चुनावमा उमेदवार बनेका प्रतिस्पर्धीहरूको समेत आलोचना गर्दै तिलोत्तमामा चुनाव जित्ने सपना नदेख्न आग्रह गरेका थिए ।

प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिताविपरीत जिम्मेवारी लिएका छन् । उनी नगरको जनप्रतिनिधितर्फको प्रवक्ता बहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका हुन् ।

पत्रकार सम्मेलनमा उमेदवारहरू मोहन चापागाईं र जागेश्वरीदेवी चौधरीले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका थिए ।

यो विषयमा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरले उजुरी नआएको प्रतिक्रिया दिए । उनले भने, “आचासंहिता त सबैले पालना गर्नुपर्छ, केही मौखिक उजुरी आएका ठाउँमा हामीले सचेत पारेका छौँ, तिलोत्तमाको विषयमा उजुरी आएको छ, आएमा हामी हेर्छाैं ।

उनले भने, बहालवाला प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको बुँदा ५ मा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै दल विशेषको चुनावी प्रचार–प्रसार गर्न नपाउने उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय