site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयल निगमको नाफा सवा २४ करोड घट्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक महिनापछि नेपाल आयल निगमको नाफा सवा २४ करोड रुपैयाँ घट्ने भएको छ । गएको महिनाको तुलनामा चालू पाक्षिक (१५ दिन)सम्म आइपुग्दा २४ करोड १३ लाख रुपैयाँ नाफा घट्ने देखिएको हो । 

असार दोस्रो र तेस्रो हप्ता निगमले ४४ करोड रुपैयाँ नाफा गरेकोमा भदौ पहिलो र दोस्रो अर्थात् पहिलो पाक्षिकमा १९ करोड ८७ लाख रुपैयाँमात्र नाफा हुने निगमका प्रवक्ता विरेन्द्र गोईतले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्दै गएको र नेपाली बजारमा मूल्य समायोजन गर्ने क्रममा बढेको तुलनामा नबढाएकोले नाफा घट्दै गएको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

निगमले भाउ बढाएन

आईओसीले मूल्य बढाएर पठाए पनि नेपाली बजारमा निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छैन । मुलुकको विभिन्न ठाउँमा गएको बाढी पहिरोलगायत प्रकोपलाई मध्यनजर गर्दै निगमले भाउ नबढाएको प्रवक्ता गोईतको भनाइ छ । 

Global Ime bank

उनका अनुसार गएको पाक्षिकमा प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा हुने गरेकोमा अहिले घटेर २ रुपैयाँ ४७ पैसामा सीमित भएको छ । त्यस्तै गएको पाक्षिकमा १ रुपैयाँ १८ पैसा घाटा भएको डिजेलमा अहिले बढेर २ रुपैयाँ ४५ पैसा पुगेको छ । बाँकी मट्टीतेलमा १७ रुपैयाँ १४ पैसा, एलपीजी ग्यासमा ७४ रुपैयाँ ९० पैसा, आन्तरिकतर्फको हवाई इन्धनमा ९ रुपैयाँ १६ पैसा र बाह्यतर्फको हवाई इन्धनमा २० रुपैयाँ २९ पैैसा नाफा हुने भएको छ । 

निगमका अनुसार अहिले बजारमा प्रतिलिटर १ लिटर पेट्रोललाई ९८ रुपैयाँ, डिजल ७४, मट्टीतेल ७४, एक सिलिन्डर एलपीजी ग्यास १ हजार ३ सय २५ रुपैयाँ रहेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८२ र बाह्य हवाई इन्धनको मूल्य ‘केएल’को ७५० डलर रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ४, २०७४  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय