site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरका उमेदवारहरू के भन्छन् ?

काठमाडौं । ललितपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोमबार उल्लासमय देखिन्थ्यो । 

राजनीतिक दलका कार्यकर्ता, समर्थक र जनप्रतिनिधिहरूको भिड कार्यालयको गेट बाहिरदेखि भित्रसम्म खचाखच थियो ।स्थानीय चुनाव २०७९ को लागि आइतबार र सोमबार उमेदवारी मनोनयन दर्ता गर्न राजनीतिक पार्टीहरू बाजागाजासहित कार्यालय पुगेका थिए ।

नेकपा एमालेले आधुनिक ब्यान्ड बाजा र नेवारी बाजा बजाउँदै परिसर उल्लासमय बनाएको थियो । एकातिर ब्यान्ड बाजामा युवतीहरू नाच्दै थिए भने अर्कोतिर एक हुल मानिस नेवारी बाजाको तालमा झुमिरहेका थिए । 

त्यही माहाेलमा नेवारी पोसाकमा सजिएकी थिइन् शान्ति अवाले । उनी पाटन वडा नंं ९ को वडा अध्यक्षका लागि उमेदवारी दिएका आफ्ना दाजु शुकराजा महर्जनको समर्थनका लागि आएकी रहिछन् । पहिलोपटक एमालेबाट टिकट पाएर वडाध्यक्षमा उठेका शुक्रराज पेशाले घर बनाउने ठेकेदार हुन् । 

एमालेबाट वडाध्यक्ष उठेका दाजुलाई समर्थन गर्न आएकी उनले मेयरमा भने (कांग्रेसका) चिरिबाबु महर्जनले जिते पनि ठिकै हुने पाे सुनाइन् । यस्तो किन त ? शान्ति भन्छिन्, “मेयर ठिक छ । काम भएको छ । वडामा अब दाइले पनि चुनाव जित्ने विश्वास छ ।” 

आयोगको परिसरको चउरमा उमेदवारी दर्ताको निवेदन भर्नमा प्रतिनिधिहरू व्यस्त देखिन्थे । 

सत्ता गठबन्धनको तर्फबाट ललितपुर महानगरमा जनता समाजवादी पार्टीले वडाध्यक्षहरूका लागि मात्र टिकट पाएको छ । वडा नम्बर १४ का लागि निवेदनपत्र भर्न सहयोग गरेका समर्थक शिवकुमार पांगेनाहाङ लिम्बुले गठबन्धनले जे भन्यो त्यहीअनुसार मनोनयन दर्ता गरेको सुनाए ।

उनी भन्छन्, सम्पूर्ण रूपमा हेर्दा ललितपुर महानगरको मेयर चिरिबाबुले राम्रो काम गरेको सञ्चारमाध्यममा मैले सुनेको छु । धेरै क्षेत्रमा राम्रो काम भएको देखिन्छ । तर उनी आफ्नै वडाका वडाध्यक्षबाट भने सन्तुष्ट छैनन् । “मेरो वडामा वडाध्यक्ष कांग्रेसकै भएपनि उहाँले त्यति काम गर्न सकेको मलाई महसुस भएको छैन,” उनले आफ्नो असन्तुष्टि व्यक्त गरे ।

वडा १४ मा रामबहादुर महत नेपाली कांग्रेसबाट अध्यक्ष निर्वाचित भएका थिए । 

वडा सदस्यमा नै खुसी

विष्णुमाया नेपालीले ललितपुर महानगरको वडा नं. २ बाट पुनः वडा सदस्यका लागि उमेदवारी दिएकी छन् । गत चुनावमा पनि नेकपा (एमाले)बाट सोही पदमा जितेकी उनले आफूले गरेकाे कामकाे बारेमा सुनाइन्, “महिला संगठन र बाल क्लब गठन गरे । मेरो संयोजकत्वमा अहिले महानगरमा दसवटा महिला समूह छ । बाल क्लब गठन गर्दा चुनौती पनि आए ।”

उनले वडामा दलित महिला भएपनि प्रष्ट रूपमा देखिने गरी विभेद नभोगेको बताइन् । “भित्री रूपमा कसको मनमा के छ भन्न सकिन्न,” विष्णुमायाले दृढतापूर्वक भनिन्, “जुनसुुकै विभेदविरुद्ध हिम्मतसाथ लडेको छु । साथीहरूको पनि सहयोग छ ।” आफ्नो प्यानलले नै जितेको भएर सहयोग पुगेको उनको बुझाइ छ । 

यस्तै, सरिता महर्जनले वडा नम्बर १२ का लागि वडा सदस्यमा पुनः एमालेबाटै उमेदवारी दिएकी छन् । अहिले पनि जित हासिल गर्ने उनको विश्वास छ, “हामीले प्यानल नै जितेका थियौँ । यसपटक पनि त्यही दोहोर्याउँदै छौँ ।” 

सरिताले वडा सदस्य भएपछि स्वास्थ्य क्षेत्र, महिला र ज्येष्ठ नागरिकका विषयमा काम गरेकी थिइन् । मेयर फरक पार्टीको हुँदा कतिपय प्रोजेक्ट (योजना) पाउन कठिन भएको उनको भोगाइ छ । “मैले प्रत्यक्ष भोगेकी छैन । तर वडाध्यक्षको भनाइ सुनेको छु । फरक पार्टी भएकाले कतिपय विकास निर्माणको प्रोजेक्ट पाउन अलि गाह्राे भएको थियो,” सरिताले जनप्रतिनिधिको रूपमा आफ्नो अनुभव साटिन् ।

यसपटक पनि महजर्न-व्यञ्जनकार आमनेसामने

ललितपुरमा सत्ता गठबन्धनको तर्फबाट चिरिबाबु महर्जनले मेयरका लागि मनोनयन दर्ता गराएका छन् । उपमेयरमा बाबुराज बज्राचार्यले माओवादीको तर्फबाट उमेदवारी दर्ता गरेका छन् । 

उपमेयरमा उमेदवारी दर्ता गरेपछि बज्राचार्यले आफू विजयी हुने विश्वास व्यक्त गरे । उनले भने, “गठबन्धनको साझा उमेदवार भएर जाँदा उपमेयर पर्‍यो । पार्टीले आवश्यकता भएरै मलाई पठाएको होला । म जित्छुु भन्ने विश्वास छ ।”

उपमेयरको भूमिकासम्बन्धी स्पष्ट कानुनी व्यवस्था भएकाले विजयी भएमा काम गर्न सक्ने बाबुराजको दाबी छ । जितेपछि काम गर्ने दाबी गर्दै उनले भने, “जाने हो । गएर कामै गर्ने हो । गुनासो गर्ने मौका म दिन्न । काम गर्न सकिन भने मूल्याङ्कन गर्ने तपाईं जनता हुनुहुन्छ ।”  

ललितपुर महानगरबाट मेयरमा १२ र उपमेयरमा ९ जनाले उमेदवारी दिएका छन् । एमालेबाट यसपटक पनि हरिकृष्ण व्यञ्जनकारले मेयरमा उमेदवारी दर्ता गराएका छन् । पछिल्लो चुनावमा उनी चिरिबाबुसँग मात्र ३२६ मतले हारेका थिए । यस्तै, सरीना लाखे श्रेष्ठले मेयर पदको लागि स्वतन्त्र उमेदवारीमा नाम दर्ता गरेकी छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro