राजनीति
पोखरा । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेताले पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको निर्णयानुसार पोखरा महानगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । उक्त निर्णयको विरोध गर्दै कांग्रेस नेता विमलबहादुर कार्कीले बागी उमेदवारी दर्ता गराएका हुन् ।
“दलीय चुनाव भने पनि केन्द्रबाट निर्णय लाद्ने र अर्काको पार्टीको चुनाव चिह्नमा मतदान गर्न लगाउने सभापति शेरबहादुर देउवाको गलत कदमविरुद्ध उम्मेदवारी दिएको हुँ,” कार्कीले आइतबबार उमेदवारी दर्ता गराएपछि भने ।
तरुण दल कास्कीको संस्थापक उनी कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १३:२५
प्रतिक्रिया दिनुहोस्