site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउँदै ट्राभल मार्ट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पर्यटन बोर्डको अगुवाइमा पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले प्रादेशिक रूपमा ट्राभल मार्ट आयोजना गरिएको छ । दुईवटा प्रदेशमा ट्राभल मार्ट सम्पन्न भइसकेका छन् भने आगामी शुक्रबार धनगढीमा हुँदैछ । 

गएको फागुन २६, २७ र २८ गते नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा वेस्टर्न ट्राभल मार्ट र धरान उपमहानगरपालिकासँगको सहकार्यमा चैत ११, १२ र १३ गते धरानमा इस्ट टुरिजम मार्ट २०२२ सम्पन्न भइसकेको छ । 

आगामी चैत्र २५, २६ र २७ गते धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा फारवेस्ट ट्राभल मार्ट आयोजना हुँदैछ । यी ट्राभल मार्टमा नाट्टाको प्रदेश कार्यसमितिले संयोजन गर्दै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म सम्पन्न भएका ट्राभल मार्टले पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउन सफल भएको पर्यटन बोर्डको पर्यटन सम्पदा तथा संशाधन विकास महाशाखा प्रमुखसमेत रहेका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बताए । ट्राभल मार्टमा सम्बन्धित प्रदेश र अन्य प्रदेशका पर्यटन व्यवसायीमा एक्सचेन्ज गराउने काम गरिरहेको उनले बताए । आन्तरिक टुर अपरेटर, होेटेल व्यवसायीमात्रै नभएर भारतको वेस्ट बंगाल, विहार, सिक्किम, असाम, उडिसा, लखनउ, दिल्ली, अलाहाबाद र त्यस वरपरका टुर अपरेटलाई पनि ट्राभल मार्टमा सहभागी बनाइएको र प्रत्येक प्रदेशका पर्यटकीय गन्तव्यमा लगेको पनि उनले बताए ।

भारतीय टुर अपरेटरमार्फत भारतीय पर्यटक आकर्षित गर्न सकिने उनको विश्वास छ । 

Global Ime bank

ट्राभल मार्टको उद्देश्य

पर्यटन बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यो अभियान अगाडि बढाइएको हो । ‘कोर’ पर्यटन व्यवसायीबीचमा बी टू बी हुनुपर्छ भन्ने अवधारणाबाट प्रयोगात्मक रूपमै यस वर्षदेखि सिकाउने काम ट्राभल मार्टमा भएको ऐर बताउँछन् । 

सोहीअनुसार सातवटै प्रदेशमा प्रादेशिक ट्राभल मार्ट गर्न बोर्ड अग्रसर भएको हो । यसमा बोर्डले प्रदेश सरकारलाई अपनत्व लिन गरेको आग्रहअनुसार हरेक प्रदेश सरकारले अपनत्व लिएको र उसैको सुझावमा स्थानीय सरकारसँग मिलेर सम्बन्धित प्रदेशमा ट्राभल मार्ट सञ्चालन भइरहेको छ । सोहीअनुसार प्रादेशिक रूपमा ट्राभल मार्ट गरिएको छ । 

आन्तरिक पर्यटन व्यवसायीसँगै सिमा जोडिएका भारतका विभिन्न प्रान्तका टुर अपरेटर सहभागी भएका छन् । अब हुने ट्राभल मार्टमा पनि सहभागी हुनेछन् । 

“वेस्ट बंगाल, विहार, सिक्किम, असाम, उडिसा, लखनउ, दिल्ली, अलाहाबाद र त्यस वरपरका टुर अपरेटलाई पनि ट्राभल मार्टमा सहभागी बनाएका छौँ । नेपाली पर्यटन व्यवसायी र उनीहरूबीच ‘बायर्स मिट’ गराएका छौँ । त्यसमा उनीहरूले बिजनेस डिलसँगै आ–आफ्नो प्याकेजबारे जानकारी गराएका छन्,” उनले भने । 

ट्राभल मार्टमा आन्तरिकसहित भारतीय टुर अपरेटरलाई बर्दिया राष्ट्रिय निकुञ्ज, र्‍याफ्टिङका लागि कर्णालीसहित जुनजुन प्रदेशमा जे–जे सेल गर्न सकिने पर्यटकीय गन्तव्य छन्, तिनीहरूबारे जानकारी गराउँदै आएको उनले बताए । पछिल्लोसमय होटेल क्षेत्रमा लगानी बढ्दो छ । आयोजना गरिएको ट्राभल मार्टमा ठूला–ठूला होटेल पनि सहभागी भएको उनले बताए । 

“कोडिभका कारण १६/१७ प्रतिशत पर्यटन व्यवसायी पलायन भए, २८ प्रतिशत वैकल्पिक व्यवसायसँग जोडिने काम गर्दै आएका छन्,” उनले भने, “ट्राभल मार्टको सूत्राधारले भने समग्र पर्यटन उद्योगलाई नै उत्साह पैदा गराएको छ ।” 

ट्राभल मार्टमार्फत आन्तरिकसहित क्षेत्रीय बजारलाई केन्द्रित गरेको उनले बताए । “अहिले तेस्रो मुलुकबाट पर्यटक आउने परिस्थिति बनिसकेको छैन । तर, भन्न सकिँदैन तत्काल सहज हुनसक्छ । तर, हामी त्यसै बसेरमात्रै हुँदैन । हामी आन्तरिक पर्यटक र क्षेत्रीय पर्यटकबाट हाम्रो पर्यटन क्षेत्रमा उत्साहन ल्याउनुपर्नेछ । त्यसैको अभियानस्वरूप ट्राभल मार्ट सञ्चालन गरेका हौँ ।”

तराईंको सीमा क्षेत्रमा होटेल र क्यासिनोमा ठूलो लगानी छ । त्यसबाट भारतीय पर्यटकलाई आकर्षित गर्नुपर्नेछ । त्यसका लागि ट्राभल मार्टमा भारतीय टुर अपरेटरलाई पनि सहभागी गराइ नेपाली टुर अपरेटरसँग नेटवर्किङ गराउने काम ट्राभल मार्टमार्फत् गरिरहेको उनले बताए । 

“क्षेत्रीय पर्यटकलाई आकर्षित गराउनका लागि नयाँनयाँ प्याकेज ल्याउनुपर्ने र उनीहरूलाई आकर्षित गर्नुपर्नेछ । उनीहरूलाई आकर्षित गराउन टुर अपरेट, होेटेललगायत पर्यटनसँग सम्बन्धित ‘कोर’ व्यवसायीलाई सहभागी बनाएर ट्राभल मार्ट गरिरहेका छौँ,” उनले भने, “यसलाई समग्र पर्यटन व्यवसायले स्वामित्व लिएको छ र यसबाट उनीहरू सन्तुष्ट छन्,” उनले भने । 

भारतीय पर्यटकलाई त्यहाँका टुर अपरेटरले अन्य मुलुकमा तत्काल पठाउनसक्ने अवस्था नरहेको, तर नेपाल पठाउनसक्ने भएकाले उनीहरूले नेपाललाई गन्तव्यका रूपमा हेरिरहेको उनले बताए । 

“हाम्रो छिमेकीसँग ‘सांग्रिला डेस्टिनेसन’ को इमेज छ । त्यसलाई बढावा दिनुपर्नेछ । यो ट्राभल मार्टले उनीहरूलाई थप हौसला प्रदान गरेको अनुभव गरेका छौँ,” उनले भने । 

ट्राभल मार्ट सर्वसाधारणभन्दा पनि पर्यटन व्यवसायमा आबद्ध व्यवसायी लक्षित छ । 

ट्राभल मार्ट प्रदेश–१मा गर्दा सुदूरपश्चिमका पर्यटन व्यवसायी पनि सहभागी हुँदै आएका छन् भने सुदूरपश्चिममा आयोजना गर्दा पूर्व, पश्चिमका व्यवसायी पनि सहभागी हुनेछन् । यसले पर्यटन व्यवसायमा केन्द्रित व्यवसायीले आ–आफ्नो प्रदेशको गन्तव्यको प्रचार गर्दै प्याकेज बेचिरहेको ऐरले बताए । 

“सीमाबाट दिल्ली ३०५ किलोमिटर छ भने दिल्लीबाट धनगढी ३५० किलोमिटर छ । दिल्लीबाट महेन्द्रनगर ३०५ किलोमिटर पर्छ । दिल्ली र वरपरको क्षेत्रबाट नजिक पर्ने राष्ट्रिय निकुञ्ज जिम्गोर्गे हो । जिम्गोर्गेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिन्छ ।

दिल्लीका पर्यटक जिम्गोर्गे, नैनीताल जान्छन् । यो ट्राभल मार्टमा भारतीय टुर अपरेटर जसले भारतीय पर्यटकलाई नैनीताल, जिम्गोर्गे लैजान्छन् । दिल्लीका टुर अपरेटरलाई मोटिभेट गर्न सके दिल्लीका पर्यटकलाई नेपाल ल्याउन सकिन्छ । ट्राभल मार्टले उनीहरूलाई उत्प्रेरित गर्ने काम गरिरहेको छ,” उनले भने, “दिल्लीबाट तेस्रो मुलुकका पर्यटकसमेत ल्याउन सकिन्छ ।”

प्रादेशिक हवाई उडानमा जोड 

आन्तरिक एवं क्षेत्रीय पर्यटकलाई आकर्षित गर्न प्रादेशिक रूपमा हवाई सेवा विस्तार गर्नुपर्ने उनले बताए । 

यसले सूदुरपश्चिमसहित अन्य प्रदेशका नागरिकको आवतजावत बढ्ने र पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनको भनाइ छ ।

भारतको बरेलीमा नयाँ विमानस्थल बनेको र त्यसलाई नेपालका निजी हवाई सेवा कम्पनीले उडान गरेर पर्यटक भित्र्याउनसक्ने उनले बताए । 

शुक्रबारदेखि धनगढीमा हुने ट्राभल मार्टमा महाकालीदेखि कर्णालीसम्म जोड्ने काम उनले बताए । “चिसापानीमा र्‍याफ्टिङ गराइँदैछ । त्यस क्षेत्रमा भएका घोडाघोडी ताल, विभिन्न मन्दिर,पहाडको चिसोपन, शुक्लाफाँटालगायत गन्तव्य देखाइनेछ,” उनले भने, “त्यस प्रदेशको गन्तव्य जानकारीसहित टुर अपरेटरले प्याकेज सेल गर्नेछन् ।” 

कसरी आयो ट्राभल मार्टको योजना ? 

सन् १९९८ को भिजिट नेपाल राष्ट्रिय अभियानपछि आन्तरिक रूपमा पर्यटन मेला, महोत्सवमा वृद्धि आएको हो । सन् २००० देखि नै बोर्डले उत्सव, महोत्सवको ट्रेन्ड चलाएको थियो । उत्सव/महोत्सवको प्रवर्द्धन गर्‍यो । जसमा नेपाल उद्योग वाणिज्य महासंघ र जिल्ला उद्योग वाणिज्य संघले बढी योगदान दिए । सुरुमा जिल्लामा मेला महोत्सव, पोखरा सडक महोत्सव, चितवन महोत्सव, रारा महोत्सव हुँदै क्षेत्रीय महोत्सवको अवधारणा अगाडि बढ्यो । 

२००३/०४ मा राष्ट्रिय पर्यटन मेला आयोजना भयो । त्यसले पूर्व र पश्चिम जोड्ने काम गर्‍यो । त्यसबेला पूर्व–पश्चिम हुँदै काठमाडौंमा राष्ट्रिय पर्यटन मेला आयोजना भयो । “त्यसले आ–आफ्नो क्षेत्रमा भएका पर्यटन गन्तव्य क्षेत्रको प्रवर्द्धनमा सिनर्जी ल्याएको थियो । यो काम २०७०/७१ सालसम्म भयो ।” यसमा बीचमा हिमालय ट्राभल मार्ट पनि आयो । 

यस्ता गतिविधि बढ्दै जाँदा नेपालको पर्यटन उद्योग परिपक्व भयो भनी सन्देश दिन खोजियो । सन् २०११ मा नेपाल भ्रमण वर्ष राष्ट्रिय अभियान नै सञ्चालन भयो । यस्तै, सन् २०२० मा पनि भ्रमण वर्ष घोषणा गरी उद्घाटन भयो । तर, कोभिडले नराम्रोसँग प्रभावित पार्‍यो, अभियान तुहियो । 

पछिल्लोसमय पर्यटन बोर्डले निजी क्षेत्र (विशेषगरी टुर अपरेटहरू) लाई कसरी पर्यटन गतिविधिमा जोड्ने र मोटिभेट गर्ने भन्ने उद्देश्यमा केन्द्रित रहेर आन्तरिक रूपमा बीटूबी गराउन गत वर्ष ‘फाम ट्रिप’ गरायो । एक प्रदेशदेखि अर्को प्रदेशबीच बीटूबी पनि गरायो । 

अहिले ट्राभल मार्ट सञ्चालन गरिरहेको छ । ट्राभल मार्टको पूर्वअभ्यास सन् २०१८ र २०१९ पूर्वी क्षेत्रमा गरिएको ऐरले बताए । “त्यसले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍यायो,” उनले भने । 

धनगढीमा हुने ट्राभल मार्टको प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC