देश
काठमाडौं । बैंकिङ कसुरमा फरार एक प्रतिवादी काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६, बौद्ध बस्दै आएका ३३ वर्षीय ब्रजसिंह लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उनीविरुद्ध उच्च अदालत पाटनबाट ०७८ चैत १ गते २५ लाख रुपैयाँ जरिवाना र आठ दिन कैद सजाय सुनाइएको थियो ।
पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८ १३:३४
प्रतिक्रिया दिनुहोस्