site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा आगामी २७ गते निर्णय

काठमाडौं । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट माधव नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै परेको रिटमाथिको निर्णय आगामी २७ गते हुने भएको छ ।

नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्षको तर्फबाट रिट दायर भएको थियो ।

Argakhachi Cement Island Ad

रिटको निर्णय आज सुनाउने गरी पेशी तोकिए पनि संयुक्त इजलासमा नहकुल सुवेदीले हेर्न नमिल्ने भएपछि सुनुवाई रोकिएको हो । आइतबार उक्त रिट न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो । 

“यसमा, म सहितको इजलासले निवेदक सोमप्रसाद पाण्डेसमेत बिरुद्ध निर्वाचन आयोगसमेत भएको उत्प्रेषण मुद्दामा प्रस्तुत निवेदनमा बदरका लागि माग गरिएको प्रत्यर्थी निर्वाचन आयोगले गरेको दल दर्ता सम्बन्धी निर्णय प्रकृयासँग सम्बन्धित तथ्यमा प्रवेश गरी अन्तरिम आदेश जारी गरेको मिसिल संलग्न आदेशको प्रतिलिपिबाट खुल्न आएकोले यो मुद्दा मैले हेर्न मिलेन,” संयुक्त इजलासमा रहेका न्यायाधीश नहकुल सुवेदीको रायमा भनिएको छ, “प्रस्तुत मुद्दा इजलासबाट सुनुवाईको मिति तोकी आज पेश हुन आएको देखिंदा अर्को सुनुवाईको लागि मिति २०७८/१२/२७ को पेशी तोकिएको छ ।” 
 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्