site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाढीपहिरोबाट कृषि क्षेत्रमा ८ अर्ब क्षति, राहत प्याकेज चाँडै : मन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको बाढी पहिरोलगायतको प्राकृतिक विपदबाट कृषि क्षेत्रमा ८ अर्ब ११ करोड रुपैयाँबराबरको क्षति भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा. योगेन्द्र कुमार कार्कीले सबैभन्दा बढी प्राकृतिक विपदबाट धानमा ३ अर्ब १८ करोड रुपैयाँको क्षति भएको बताए । उनका अनुसार धान रोपाइँ भएको ४७ हजार २२६ हेक्टर क्षेत्रफल डुबान भएको छ । जसबाट १ लाख ५९ टन धान क्षति हुने अनुमान छ । धान प्रतिकिलो २० रुपैयाँको दरले हिसाब गर्दा यो आँकडा आएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“तरकारी २ अर्ब ९६ करोड रुपैयाँको, माछा ८० करोड, दलहन ५३ करोड, मकै २४ करोड, केरा ३ करोड, तेलहन ९२ लाख, बदाम २९ लाख र बेसार ३ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ,” उनले भने ।

मन्त्रालयका अनुसार मुलुकभर २ लाख ७२ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन प्रभावित भएको छ । खेती भएको जमिनमध्ये ७८ हजार ५ सय हेक्टर जमिनमा क्षति पुगेको छ । त्यस्तै, विभिन्न बाली तथा वस्तुको उत्पादनमध्ये ३ लाख ८६ हजार टन क्षति भएको मन्त्रालयको अनुमान छ । 

Global Ime bank

कार्यक्रममा कृषि विकास मन्त्री रामकृष्ण यादवले निकट भविष्यमा नै राहतको प्याकेज ल्याउने जनाए । “मन्त्रालयको क्षमतामा हुन्छ कि अर्थ वा प्रधानमन्त्री राहत कोषबाट माग गरेर हुन्छ, यथाशिघ्र कृषि क्षेत्रमा भएको क्षतिको लागि राहत प्याकेज ल्याइनेछ,” उनले भने । ऋण मिनाहा, निःशुल्क विउ वितरण, माछा पोखरी निर्माण आदिमा राहत दिन सकिने उनले बताए ।

कुन क्षेत्रमा कति क्षति ?

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय