site stats
बाह्रखरी :: Baahrakhari
खेल
दमक गोल्डकपको तयारी पूरा, विजेतालाई १३ लाख 

विराटनगर । दमक गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगिता यही चैत १८ गतेसम्म चल्नेछ । उद्घाटन खेल आयोजक दमक–११ र वाग्मती युवा क्लब सर्लाहीबीच हुनेछ ।

दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता हुनेछ । आयोजकका अनुसार चार विदेशीसहित १० टोलीको सहभागिता रहनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ–मर्स्याङ्दी क्लब, आयोजक दमक–११, वाग्मती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलाकाता र एमिनियर फुटबल क्लब क्यामरुन सहभागी हुने संयोजक मोहन मगरले जानकारी दिए ।

प्रतियोगिता विजेता टोलीले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल दिइनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले २१ हजार रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्