site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिकेटर हरभजन आम आदमी पार्टीको राज्यसभा उमेदवार

काठमाडौं । भारतका स्पिनर हरभजन सिंहलाई आम आदमी पार्टीले आफ्नो राज्यसभा चुनावको उमेदवार बनाएको छ । उनलाई पार्टीले स्पोर्ट्स युनिभर्सिटीको नेतृत्व दिन सक्ने पनि बताइएको छ । 

पन्जाबका नवनिर्वाचित मुख्यमन्त्री भगवत मानले चुनावी प्रचारको दौरान आफ्नो कार्यकालमा पन्जाबको खेल विकासलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले जालान्धरमा स्पोर्ट्स युनिभर्सिटी बनाउने बाचा गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैले हरभजनलाई राज्यसभाको उमेदवार बनाएपछि उनैलाई स्पोर्ट्स युनिभर्सिटीको नेतृत्व दिनसक्ने अनुमान गरिएको छ । हरभजनलाई स्पोर्ट्स युनिभसिर्टीको जिम्मेवारी खेल क्षेत्रमा फरक सन्देश प्रवाह हुने अनुमान पनि गरिएको छ । 

यसै महिनाको अन्त्यसम्ममा आम आदमी पार्टीले कम्तीमा पाँच सिट जित्नेछ । यस्तोमा पहिलो नामनै हरभजनको आएको छ । आम आदमी पार्टीको शीर्ष नेतृत्वले पनि हरभजनको नामलाई ग्रिन सिग्नल दिएको बताइएको छ । मुख्यमन्त्रीको प्रतिस्पर्धी बनेका भगवत मानले स्पोर्ट्स युनिभर्सिटी बनाउने घोषणा गर्ने वित्तिकै हरभजनको नाम अगाडि आएको थियो । हरभजन र मुख्यमन्त्री बनेका भगवत मानबीच नजिकको सम्बन्ध भएको चर्चा छ । 

पन्जाब चुनावमा आम आदमी पार्टीले यसपटक ऐतिहासिक नतिजा निकालेको छ । आम आद्मीले यसपटक पन्जाबको ११७ सिटमध्ये ९२ सिटमा जित हासिल गरेको थियो । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्